बन्दुक बाट नडराएकालाई झण्डाले केही नहुने मन्त्रीको भनाई
देब पचभैया, पाल्पा, श्रावण २४
शिक्षामन्त्री दिनानाथ शर्मालाई कालो झण्डा देखाउने क्रममा आज पाल्पामा १० जना बिधार्थी घाईते भएका छन् । महेन्द्र बोधि उच्च माबि तानसेनको स्वर्ण महोत्सब समारोहमा सहभागी हुन तानसेन आउनुभएका मन्त्री शर्मालाई संयुतm बिधार्थी समुहका बिधार्थीहरुले कालो झण्डा देखाएका हुन् । कार्यक्रम स्थल भगवती मन्दिरको प्राङ्गढमा सहभागी मन्त्रि शर्मालाई ५० मिटर टाढा रहेको घरको छत बाट बिधार्थीहरुले झण्डा देखाउदा मन्त्रि शर्माले हेर्दै मुस्कुराउनु भएको थियो । बिधार्थीलाई प्रहरीले घरमै गएर हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा प्रहरी र बिधार्थी बिच भएको भनाभनमा लाठी चार्ज हुदा अनेरास्वबियुका सिर्जना बस्याल, चिरञ्जिबि न्यौपाने , प्रदिप पोख्रेल अनेरास्वबियु छैठौका निश्चल क्षेत्री, रेशम कडेल, अनेरास्व बियु क्रान्तीकारी बैद्ध समुहका राजकुमार पन्थी लगाएका बिधार्थी घाईते भएका छन् ।उनीहरुको टाउको , हात खुट्टामा चोट लागेको छ । प्रहरी घरभित्रै पसेर हस्तक्षेप गरेपछि केही बिधार्थीहरु कोठाको झ्याल बाटै सडकमा हाम फालेका थिए । उनीहरुको जिल्ला अस्पतान तानसेनमा सामान्य उपचार गरिएको थियो । झडप पछि बिधार्थीहरुले मन्त्री र सरकार बिरुद्ध नाराबाजी गर्दे केही बेर कार्यक्रम स्थल बाहिर सडकमा नारा बाजी गरेका थिए ।
