महाधिवेशन गर्न एक्किृत माओवादीमा जिम्मेवारी हेरफेर

Read Time:3 Minute, 3 Second

अगामी माघ १४ मा महाधिवेशन गर्ने निर्णय गदै एक्किृत माओवादीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । नेताहरुको जिम्मेवारी समेत हेरफेर गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रिय कार्यालय तथा समग्र विषय हेर्ने जिम्मेवारी तथा उपाध्यक्ष डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई केन्द्रिय कार्यालय तथा सरकारको जिम्मेवारी, सचिव पोष्ट बहादुर बोगटीलाई केन्द्रिय कार्यालय तथा सरकारको हेर्ने जिम्मेवारी तोकिएको छ । बैठकले पार्टीको प्रचार विभागमा तथा प्रवक्तामा अग्नि सापकोटा र कृण्ण बाहदुर महरालाई गठन विभाग तथा विशेष व्यूरो तथा आयोग सम्वन्धी जिम्मेवारी दिइएको छ । त्यस्तै निवर्तमान स्थायी समिति सदस्यहरु अमिक शेरचनलाई संयुक्त मोर्चा, दलहरुसँग वार्ता र सम्पत्ति छानविन आयोग, कृष्णबहादुर महरालाई संगठन बिभाग प्रमुख र विशेष व्युरो इञ्चार्ज, टोपबहादुर रायमाझीलाई सरकार र उद्योग, वर्षमान पुनलाई सरकार र शिक्षक संगठनको जिम्मेवारी दिइएको छ ।

महासचिब रामबहादुर थापाको संगठन बिभागको जिम्मेवारी महराले पाएका छन् । पूर्व स्थायी समिति सदस्यहरु लीलामणि पोखे्रलले पश्चिमाञ्चल, गिरिराजमणि पोख्रेललाई पूर्वाञ्चल, दीनानाथ शर्मालाई सरकार र वुद्धिजीवी संगठनको जिम्मा दिइएको छ ।
 त्यसैरी राज्य समिति तथा विभिन्न विभागमा पनि हेरफेर गरिएको नेता दिनानाथ शर्माले बताए ।
माओवादी नेता दिनानाथ शर्माका अनुसार सदस्यता नविकरण, तथा आश्विसन १६ देखि मशान्तसम्म गाउँ र एरिया सम्मेलन गरि सक्नु पर्ने, कार्तिक १ देखि मार्ग १५ सम्म जिल्ला सम्मेलनहरु सम्पन्न गरिसक्नु पर्ने,  मार्ग १५ देखि पौस मशान्तसम्म राज्य समितिहरुको सम्मेलन गरिसक्नु पर्ने र माघ १४ मा महाधिवेशन गरिने छ । माओवादीको महाधिवेशन करीब दुई दशक पछि हुन लागेको हो । हालै राजधानीमा आयोजित माओवादीको सातौ विस्तारित बैठकले महाधिवेशनमा जाने त्यसका लागि समय पछि तोक्ने निर्णय गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %