गोविन्द घर्ति देवदह साउन २० । सवै एकजुट भएर अगाडि बढ्न सकेमा संगठनको विकास र विस्तार गर्न सकिने देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताउनु भएको छ । नेपाल मगर संघ गाउँ समिति देवदहले आयोजना गरेको बृहत भेला तथा अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । नेपाल मगर संघलाई अगाडि बढाउन सम्पूर्ण मगरहरु आ–आफनै ठाउँबाट लाग्नु पर्ने बताउनु भएको छ । एकता विना संगठनको कुनै अस्तित्व नहुने भन्दै त्यसको लागि नेतृत्व सही हुनु पर्नेमा जोड दिइएको थियो । नेपाल मगर संघ गाउँ समिती देवदहका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षतामा भएको बृहत भेला तथा अन्र्तक्रिया कार्यक्रममा नेपाल मगर संघका पूर्व जिल्ला सदस्य चिरन पुन, सल्लाहकार पदम थापा, दल बहादुर थापा, डम्वर बहादुर थापा, केशर पुन, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, हिमाल सारु, पदम थापा, भुवन सिंह पुन, अमर गाहा, जस पुन, धनु राना, ज्ञानीसरा राना, लेख बहादुर थापा, चित्र बहादुर सुनारी, सरोज बुढाथोकी लगायतले बोल्दै मगर जातीको हक र अधिकार सुनिश्चित गर्न राजनैतिक रुपमा सचेत र चेतनाको अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । सोही अवसरमा बोल्दै नेपाल मगर संघ देवदह गाउँ समितीको भवन निर्माणका लागि सम्पूर्ण मगरहरु लाग्नु पर्ने बताउनु भयो । त्यसको लागि देवदह क्षेत्रका सम्पूर्ण मगरवस्तीहरुमा घरदैलो गर्नु पर्ने र त्यसो गर्न सकेमा मगर संघको भवन निर्माण गर्न कुनै कठिनाई नभएको बताइएको थियो । नेपाल मगर संघ गाउँ समिति देवदहका सह–सचिव श्याम थापाको स्वागत र सचिव गोविन्द घर्तिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल मगर संघ गाउँ समिति देवदहको बृहत भेला
Read Time:2 Minute, 32 Second
