हुम तमु, पोखरा, १६ साउन, गत बैशाख २३ गते अकल्पनीय रुपमा सेती नदिमा आएको बाढीबाट पीडितका लागि रेडियो अन्नपुर्णले स्थापना गरेको राहत कोषमा युकेबाट ३ लाख ६५ हजार ३०० रुपैया प्रदान गरिएको छ ।
रेडियो अन्नपुर्णको पोखरा कल इन कार्यक्रममा तमु धिं एशोसियसन युकेका प्रतिनीधि पवित्रा गुरुङ गुरुङले २ लाख ७ हजार ५०० र बृद्ध कम्युनिटी सेन्टर युकेका प्रतिनीधि शोमा गुरुङले १ लाख ५७ हजार ८०० रुपैयाको चेक रेडियो अन्नपुर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गर्नुभएको हो ।
सेती वाढी पिडीतका लागि तमु धिं एशोसियसन युकेका उपाध्यक्ष रामचन्द्र गुरुङ(सुर्य) र बुद्ध कम्युनिटी सेन्टर युेकका लेफ्टेनेण्ट नारायण गुरुङको विशेष पहलमा राहत रकम संकलन भएको तमु साँस्कृतिक प्रतिष्ठान नेपालका उपाध्यक्ष गिरी प्रसाद गुरुङले बताउनुभयो ।
राहत रकम ग्रहण गर्दै रेडियो अन्नपुर्णका संस्थापक विश्वशंकर पालिखेले स्वदेश विदेशमा रहेका नेपालीहरुको सहयोगी मनहरुको साथले राज्यले गर्न नसकेको राहत नागरिकका तर्फबाट रेडियो अन्नपुर्णले प्रदान गरेको दावी गर्नुहुदै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
युकेबाट प्राप्त रकम सहित अहिले राहत कोषमा ५८ लाख २५ हजार, ८८६ संकलन भएको रेडियो अन्नपुर्णका स्टेशन मेनेजरका दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संकलित राहत मध्ये २६ लाख ५ हजार राहत हस्तान्तरण वितरण गरिसकेको, वाढी पीडितहरुका लागि पुर्नवास कार्यक्रममा अन्र्तगत माछापुच्छे्र गाविस ९ सानो खोवाङमा १६ घर निर्माण भइरहेको मेनेजर श्रेष्ठले बताउनुभयो ।
