जनजातीलाई जनैको महिमा र ब्यापार

Read Time:13 Minute, 39 Second

यसको इतिहास

कर्नवती र ह्युमान

रक्षा (राखी) बन्घनको रोचक प्रसंग इतिहासमा हेर्ने हो भने ईसा पुर्ब १५३५ सय बर्षतिर भारतको चित्तोरका बिधवा रानी कर्नावती र मुगल सम्राट हुमायुनसंग जोडिन्छ । जब चित्तोरका महारानी कर्नावतीले गुजराती सुल्तान बहादुर शाहको फौजलाई रोक्न असमर्थ हुन्छिन उनले सहयोगको याचना सहित मुगल सम्राट हुमानयुनलार्ई राषी पठाउछिन् । उनको यो कार्यबाट प्रभाभितभै हुमायुन चित्तोरको सुरक्षाको निम्ति आफ्ना फौजसंग जान्छन् ।  तर उनको सहयोग पुग्नु पूर्ब नै  किल्ला माथी बहादुर शाहले आकणमणलाई तिर्ब बनाउदै गर्दा यता चितौर राज्यमा रानी कर्नवतीले आफ्नो किल्लाको बचाउ गर्न नसकिने अनुमान लगाउदै आत्मसमर्पण गर्नु भन्दा मर्नुको बिकल्प नभएकोले किल्लाको छानो बन्द गरेर बारुत (गन पाउडर) लाई आगो लगाएर रानी सहित १३ हजार महीलाहरुले ८ मार्च १५३५मा एकैसाथ आत्महत्या (जौहार) गर्छिन् भने बहादुर शाहले गढ कब्जा गरिसकेका हुन्छन् । हुमायुनले चित्तोर पुगीसकेपछि बहादुर शाहलाई हराउछन् र रानी कर्नवतीको छोरा बिक्रमजित सिंहलाइ चित्तोरको राजा बनाउछन् । त्यसैको सम्झनामा पनि यो चांड मनाउने चलन भएको मानिन्छ ।

कृष्ण र द्रौपदी 

अर्को एउटा प्रसंग महाभारतमा उल्लेखित कृष्ण र द्रौपदी जो पाँच पाण्डवका श्रीमति हुनसँग जोडिन्छ । एक युद्धका बेला कृष्णलाई अचानक हत्केलामा चोट लागी रक्तश्राव हुन्छ, त्यस बखत उत्त रक्तश्राव रोक्नको लागी द्रौपदीले आफ्नो रेशमको सारीको अलिकति भाग च्याँतेर कृष्णको हातमा बाध्छन् । कृष्ण उनको यस कार्य प्रति प्रभाभित भई द्रौपदीलाई आफ्नो बहिनीको रुपमा स्वीकार गर्दछन् जबकी उनीहरु बिच नजिकको कुनै नाता थिएन । उनले द्रौपदी यस कार्यको ऋण तिर्ने बाँचा गर्छन् जुन उनले २५ बर्ष पछि सम्म पनि निर्वाह गर्दछन् । पाण्डवका श्रीमति तथा सक्तिशालि राजाका छोरी भईकन पनि द्रौपदी कृष्णलाई धैरै विश्वास गर्थिन तथा उनमा भर पर्दथिन । जब पाण्डवहरु कौरव सँग जुवामा हार्छन् त्यस वखत कृष्णले आफ्नो बाँचा अनुरुप द्रौपदीको चीरहरणका बखत उनल द्रौपदीको सारीलाई कहिले नसकिने गरी लम्बाईदिएका थिए । यसरी कृष्णले आफ्नो बहिनीको राखीको बचन निभाएका थिए ।

एक अर्को धार्मिक ग्रन्थका अनुसार अशुर राजा बली भगवान बिष्णुका ठुलो भक्त हुन्छन । भगवान बिष्णु उनको श्रद्धा प्रति प्रभावित भई बली राजाको राज्य सुरक्षागर्ने जिम्म लिन्छन् । तर भगवान बिष्णुका पत्नी लक्ष्मी आफ्नो पति आफुसंग स्वर्गमा फिर्ता आउन् भन्ने चाहन्छिन् । यसरी उनि सामान्य नारीको भेषमा बली राजाको शरणमा जान्छिन् । श्रावण पुर्णिमाको बखतमा लक्ष्मीले बली राजालाई ध्वजा बाध्छिन् र उनले राजालाई आफु त्यहां आउनु परेको मुख्य कारण बताउछिन् । राजा उनको त्यस कार्य प्रति प्रभाभित भई बिष्णुलाई आफ्ना पत्नी संग स्वर्ग फर्कन आग्रह गर्दछन । यसरी श्रावण पूर्णिमाको बेला दिदीबैनीले राखी बांध्ने चलन चलेको मानिन्छ ।
 
यो पर्बको बिषेश क्षण भनेको दाजुभाईकको हातमा दिदी, बैनीहरुले राषी बाध्नु हो, जसको बदलामा दाजुभाईहरुले आफ्नो क्षमता अनुसारको खामभित्र पैसा अथवा उपहार दिने गरिन्छ । परम्परागत रुपमा दाजुभाई तथा दिदीबैनीहरु एक अर्कालाई मिठाई खुलाउने चलन छ । राषीको चलन सहोदर दाजुभाई तथा दिदीबैनीहरुमा सिमीत नभई अन्य नजिकको दाजुभाईलाई पनि लगाई दिने चलन छ
रक्षा बन्धन अथवा राषी मुख्यतया भारतमा दाजुभाई दिदीबहिनीहरु बिच मनाउने र्पब हो । यसलाई भारतको कतिपय भागमा राषी पूर्णिमाको नामले पनि चिनिन्छ । पाकिस्तानको केहि भूभागमा पनि यो र्पब मनाइएको पाइएको छ । यो पर्ब बिषेस गरि हिन्दु शिख तथा केहि मुस्लिम धर्मवालम्बि बिच मनाउने परम्परा छ । यो पर्बमा दिदीबहिनीहरुले दाजुभाईको हातमा राषी बांधी उनिहरुको भलोको कामना गर्दछन् र दाजुभाईहरु पनि आफ्नो दिदीबहिनीको जिवनभर हेरचाह गर्ने प्रतिज्ञा गर्दछन् । यो पर्ब श्रावण पूणिमामा मनाईन्छ । बिधवा रानी कर्नावतीले मुगल बादशाह हुमायुनलाई राखी पठाइ सहयोगको याचना गरेका थिए , त्यसै बेला देखि राखीको लोकप्रियता बढेको मानिन्छ ।

बलराम जयन्ति
हिन्दुहरुको भगवान श्री कृष्णका जेठा दाई श्री बलराम  श्र्रावण पुणीमाको दिन जन्मेकोले यो दिनमा बलराम जयन्ति भनेर पनि मनाउने चलन छ । त्यस्तै यो दिनमा हिन्दुहरुको माहाभारत र रामायणका पात्रहरु माथी भने जस्तैःजय सन्तोषी मा“, कृष्ण र द्रौपदी, राजा बाली र गणेश, लक्ष्मी ,यामा र एमुना, बिशीष्ट अलेक्सजेन्डर र राजा पारुको कथालाइ जोडेर पनि हिन्दुहरुले सम्मानस्वरुपमा यो चांड मनाउने गर्दछन् ।
     यता नेपालमा भने हिन्दु बाहुनहरुले गैर हिन्दु किराती,आदीबासी जनजातीहरु माथी भारतको हिन्दुहरुको ठिक बिपरित तरिकाले गलत ब्याख्या गर्दै यो चांड गैरहिन्दु माथी लादेर, ठगेर सिदा, दान, दक्षिणा लिएर खादै आईरहेका छन् ।
हिन्दूकरणको तेह्रौ शताब्दीतिर दक्षिणमा मुसलमानको आक्रमणबाट लखेटिएका हिन्दू बाहुनहरुको नेपाली भूभागमा आगमन भएको थियो । यी बाहुनहरुले खस र मगर राजालाई नेपाल पस्नु लगतै जनै दिएर क्षेत्रीयको दर्जा दिदै आफुभन्दा एक तह तल राखेर उनीहरुबाट सिदा, दान, दक्षिणा लिएर आफ्नो पेट पाल्ने बाटो बनाएका थिए ।  अझ १९ औ शताब्दीको सुरुवाततिर ठुलै रकम लिएर हिन्दु ब्राहमणहरुले जात उक्लिन चाहानेलाई क्षेत्रीमा राखेर पैसा मनग्गे हसुरेका थिए । यस्ता जात उकासे र माथी उक्लन चाहनेहरुको भीड उल्लेख्य नै हुनु पर्दछ भन्ने कुरा बि।स। १९१० सालको मुलुकी ऐन बन्नु पूर्ब ब्राम्हण पुरोहितहरुले आफु खुसी कुनै ब्याक्ति या जाती बिसेसका मान्छेलाई जनै दिएर जात उकास्न र जनै झिकीदिएर जात पतित गर्न सक्दथे भन्ने कुरा उक्त मुलुकी ऐनमा  पहिलो संसोधन बि।सं। १९४५ सालको मुलुकी ऐनको जात लिन, दिन, दिलाउन र जात पतित् गर्ने कानुनी ब्याबस्था भएको बाट पुष्टि हुन्छ । त्यसै त नुघेको डांली, झन नुघ्यो चरीले टेकेर भने झै डा. स्वामी प्रपन्ननाचार्य उर्फ काले राई जस्ता अतिबादी हिन्दू सर्मथक जनजातीहरुले नै जनजातीहरुका छोराछोरीहरुलाई सामुहिक ब्रतबन्धन गराई जनै पहिराउने कार्य गर्दै र धरान र काठमाण्डौमा गरी करिब ३०० जना जति राई, लिम्बु मगर गुरुंगलाइ समेत जनै भिराउदै हिडेको बिगत १४ बर्ष अधि सम्मको घटना कसैले बिर्सिसकेका छैनन् । त्यसै कारण हिजोको ३३ प्रतिशत भएको मगरहरु आज ७ प्रतिशतमा खुम्चिनु त्यसैको दृष्तान्त प्रमाणहरु हुन । आज पनि नेपालमा बाहुनहरुले अरुलाई जनै दिने दिनका रुपमा रहेको जनै पूर्णिमामा राज्यस्तरबाट बाहुनहरुलाइ मात्र एक दिनको सरकारी बिदा दिइने गरिन्छ । यसरी नेपाली राज्यको निर्माण अघि बाहुनहरुको आगमनपछि सुदुर पश्चिम र पश्चिमका खसान र मगरात क्षेत्रहरुमा शुरु भएको बाहुनकरण वा हिन्दूकरणको प्रक्रियालाई एकजना प्रख्यात नेपाली समाजशास्त्री प्राध्यापक डोर बहादुर बिष्टले यसरी बर्णन गरेका छन ।
सिदा, दान, दक्षिणा, बिर्ता, गुठी लिए आफ्नो जिबिका चलाउनु पर्ने भएकोले यो चांजो, पांजो मिलाउने क्रममा बाहुनहरुलाई झुठो काल्पनिक कथा, पुराण, पुख्यौली, बशावलीहरु निर्माण गर्ने बाध्यता हुन आयो । सुरुमा खसका राजा र पछि मगरका राजा रजौटा र भारदारहरुलाई फकाएर उनिहरुले बिल्कुलै नबुझेको, नसुनेको नयां धर्ममा बिश्वास दिलाउन बाहुनहरुलाई मनग्गे झुठको सहारा लिनु परेको थियो । बाहुनबाद मार्फत प्रबर्दन र प्रतिपादन  गरिएको भाग्यबाद नेपालका बहुसंख्यक आदिबासी जनजातीलाई तल्लो स्थानमा राखेर आफूले मात्र पबित्र तथा उच्च स्थान ओगट्ने षडयन्त्र थियो । भाग्यबादको प्रचार त केवल नेपालका बहुसंख्यक आदिबासी जनजातीलाइ अबिकसित राख्न र उनिहरुको पसिनाको कमाईलाई कामै नगरी आफूले खाने निउ पार्न मात्र थियो भन्ने कुरा आज सबैले घाम जस्तै र्छलंग देख्न र बुझ्नु परेको छ ।
जो जो बाहुन भारतबाट भागी आए उनिहरुको लागी सिदा मागेर खानुबाहेक अरु उपाए थिएन । त्यसैले मैदानबाट भागेर खसान र मगरात प्रदेशमा आईपुगेका थुर्पै बाहुनहरुलाई ढांटेर छलकपट गरेर खाने अबस्था पर्न गएकोमा कसैले आश्चर्य मान्नु हुन्न । भारतबाट आएका बाहुनहरुले खसान र मगरातमा चाहिं आफुलाइ पाल्न क्षेत्री र ठकुरीजातको सिर्जना गरी नया जजमान बनाउने आबश्यकता परेको हुनाले उनीहरुको नक्कली इतिहास र बंशावली बनाइ उनिहरुलाई  भारतबाट आएको भनी अरुबाट अलग्याईदिए । फलश्वरुप जस्तोसुकै अपराध गरेतापनि बाहुनलाई सिदा, दान, दक्षिणा, बिर्ता, गुठी दिनु र नर्मानु भन्ने अर्ति मात्र होइन कानुनी प्रावधान समेत बनाएर जाने प्रतापी आदिबासी जनजातीका पुर्खाले बाहुनलाई ठुलो गुण लगाएर गएका छन । तिनै सिदा, दान, दक्षिणा उठाउने बाहुन बाजेले आफ्ना छोरानातीलाई बिदेशमा वा महंगा स्कुलमा  पढाएर आज यो देशलाइ आदिबासी जनजातिको हक अधिकार सम्पन्न बनाउने पहिचान सहितको संघीयता कुनै हालतमा स्विकार्य नहुने भन्दै ६० बर्ष देखिको प्रयास संबिधान सभालाइ असफल गराई घांटि निमुठेर मारीदिएका छन । अब यो देशलाई दाहाल, पौडेल, नेपाल, खनाल, भट्टराइ, साथै अहिले आएर पोखरेलले अजिंगरले जस्तै खर्लप्प निल्न लागीरहेका छन् ।

– हुम थापा मगर, बर्सेलोना स्पेन

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %