निर्वाचन आयोगद्धारा सरकारलाई अर्को निर्वाचनको मिति तय गर्न सुझाव

Read Time:1 Minute, 19 Second

सरकारले निर्वाचनको मिति घोषणा गरे लगतै निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले मंसिर ७ को घोषित निर्वाचन गर्न संभव नभएकाले  अर्को निर्वाचनको तिथि तोक्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले सोमवार राजधानीमा पत्रकार सम्मेलन गरि यस्तो सुझाव दिएको हो । पत्रकार सम्मेलनमा कार्यवाहक निर्वाचन आयुक्त निलकण्ड उप्रेतीले आयोग निर्वाचनको तयारीमा जुटे पनि सरकार र दलहरुलाई गरिएको आग्रह पूरा नगरिएकाले मंसिर ७ को निर्वाचन गर्न संभव नभएको स्पष्ट पारे । सरकारको कमजोरीकै कारण मंसिर ७ को निर्वाचन गर्न नसकिएको आयोगले स्पष्ट पारेको छ । आयोगले निर्वाचन हुन एक सय २० दिन अगावै आवश्यक कानुनमा संशोधन गर्न समय सीमा दिएको थियो । आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले दलहरुको सहमति विना निर्वाचनको मिति तय नगर्न पनि सुझाव दिएका छन् ।
(राज्यसत्ता नेपाल व्यूरो )
—

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %