गोविन्द धर्ती, साउन १२, देवदह रुपन्देही, हरेक वर्ष जिल्ला स्तरमा मनाउदै आएको विश्व आदिवासी दिवस यस वर्ष आ–आफनै क्षेत्रमा मनाउने भएको छ । सोही अनुरुप १३ औं विश्व आदिवासी दिवस (९–अगष्ट ) रुपन्देहीको देवदहको खैरेनी चोकमा विभिन्न सांकृतिक कार्यक्रम सहित भव्यरुपमा मनाउने निर्णय गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहमा बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहका अध्यक्ष केशर पुनको अध्यक्षतामा बसेको बैठकले विश्व आदिवासी दिवस सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले थमन गुरुङ्गको संयोजकत्वमा सास्कृति उपसमिति, भिम गुरुङ्गको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, लाल बहादुर दलार्मीको संयोजकत्वमा आर्थिक उपसमिति, राजकुमार श्रेष्ठको संयोजकत्वमा युवा परिचालन उपसमिति, विद्यालक्ष्मी गुरुङ्गको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, केशर पुनको संयोजकत्वमा र्रयाली व्यवस्थापन उपसमिति गठन गरेको छ । देवदह ५ शितलनगर देखि विभिन्न जातीय झाक्री, भेषभूषा, तथा सास्कृति नाचगान सहितको र्रयाली देवदह खैरेनीमा आएर सभामा परिणत हुने महासंघले जनाएको छ । विश्व आदिवासी दिवस सम्पन्न गर्न एकल जातीय संगठनहरुबाट व्यापक सहभागिता जनाउने बैठकले निर्णय गरेको छ । महासंघ देवदहका सचिव राजकुमार श्रेष्ठको संचालनमा भएको बैठकमा नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, तमु छोज धीका थमन गुरुङ्ग, थारुकल्याणकारिणी सभाका आशाराम खौसिया, कुमार समाजका वन्दु कुमाल, आदिवासी जनजाति महासंघ देवदहका पूर्व अध्यक्ष भिम गुरुङ्ग, टौ बहादुर गुरुङ्ग, डम्वर बहादुर थापा, विद्यालक्ष्मी गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।
रुपन्देही जिल्लाले बिश्व आदिवासी दिवस मनाउने
Read Time:2 Minute, 36 Second
