नेपाल टेलिकमले हङ्कङमा एनटी पोइन्ट अफ प्रेसेन्स पिओपी (pop) ट्राफिक आदानप्रदान साचालनमा ल्याएको छ । साउन पहिलो सातादेखि हङकङबाट पिओपी (pop) शुरु गरेको हो ।
टेलिकमका अनुसार पिओपीमार्फत विश्वका ठूला दूरसाचार सेवाप्रदायकहरुसँग सिधा अन्तरआबद्धता कायम गर्न गर्न सहज हुनेछ । अन्तर्राष्ट्रिय टेलिफोन कल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिमा सकारात्मक प्रभाव पार्न पिओपी सन्चालन गरिन्छ ।
यसअघि सिङ्गापुर र कतारको दोहामा पनि टेलिकमले यो सेवा शुरु गरिसकेको छ ।
तिलिसरा राना, काठमाडौं
