अध्यादेशद्धारा आएको राज्यका पूर्व विशिष्ट पदाधिकारीहरुलाई सेवा सुविधा दिने निर्णयको चर्काे विरोध भएपछि सेवा सुविधा फिर्ता गर्ने लहर चलेको छ । पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुखहरुले उपभोग गदै आएको गाडी फिर्ता गरेका हुन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व सभामुख रामचन्द्र पौड्यालले विहीबार सरकारी सुविधा बापत् पाएको गाडी फिर्ता गरेका हुन् । पौडेलले बा.१.झ ८५१० नम्बरको स्कार्पियो गाडी मुख्य सचिव माधव घिमिरेलाई बुझाएका हुन् । सरकारबाट पौडेलले गाडी सुविधा मात्र लिएका थिए ।
यस अगाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले महँगो गाडी सरकारलाई बुझाइसकेका छन् । यता पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश र पूर्व सभामुख लगायतलाई गाडी, इन्धन, आवास र सुरक्षा दिन सरकारले अध्यादेश द्धारा गरेको व्यवस्था तुरुन्त खारेज गर्नु पर्ने माग सहित राजधानीको रत्नपार्कमा पूर्व प्रशासकहरुको संस्था नेपाल नागरिक समाजले रिले अनशन सुरु गरेको छ । पूर्व विशिष्ट पदाधिकारीहरुलाई राज्यको करोडौ रुपैयाँ खर्च गरि सेवा सुविधा दिदा राज्यको अर्थतन्त्रले थेग्न नसक्ने भन्दै सर्वत्र विरोध भइरहेका बेला उनीहरुले सेवा सुविधा फिर्ता गर्न सुरु गरेका छन् ।
(राज्यसत्ता नेपाल व्यूरो )
नेताहरुद्धारा राज्यबाट लिदै आएको सेवा सुविधा फिर्ता गर्दै
Read Time:2 Minute, 0 Second
