शेर्पाहरूले ‘छ्योखोर दुईछेन’ कार्यक्रम मनाए

Read Time:5 Minute, 19 Second

छिरिङ तेन्जिङ शेर्पा, श्रावाण ८, २०६९, शाक्यमुनि बुद्धद्वारा आजको दिनमा आफ्नो पहिलो पाँच शिष्यहरूलाई पहिलो पटक ऋषिपतन मृगदाव वन (सारनाथ, वाराणसी) मा चार आर्यसत्यको उपदेश दिनु भएको पुनित दिन ‘’छो खोर दुइछेन’’ अर्थात् ‘’धर्मचक्र प्रवर्तन’’महोत्सवको सुखद् अवसरमा आज शेर्पा सेवा केन्द्र गोन्पा बौद्ध टुसालमा बिभिन्न कार्यक्रमहरुका साथ मनाईयो । भगवान शाक्यामुनी बुद्ध पुर्व जनममा राजा भै हालको काभ्रेपलान्चोक जिल्लाको बनेपा नजिक न:मो बुद्ध क्षेत्रमा घुम्न निक्लँदा भोकाएको एक सुत्केरी बाघीनी आफ्नो पाँचवाट बच्चाहरुलाई हुर्काउन धेरै नाजुक अवस्थमा हाड र छाला मात्र भएको अवस्थमा भेटिएका थिए। बाघीनीको यस्तो नाजुक अवस्था देखेर कुरुणामय भगवान बुद्धलाई यत्ति दया जागेर आयो कि ति कैयौ दिनबाट भोकाएको बाघीनिलाई आफ्नो शरिरको मासुनै खाना दिए। भगवान बुद्धले ती पाँच वटा बाघको बच्चाहरुलाई आफ्नो शरिर खाना दिँदा यी पाँचैवाट बच्चाहरु भबिस्यमा उसका अनुयायीहरु बनेर बुद्ध धर्म र शासनलाई फैलाउ भन्ने भावाना लिएर आसिर्बाद दिनु भएको थियो । पछि यिनै बाघका बच्चाहरु भगवान शाक्यमुनी बुद्धको अनुयायीको रुपमा जन्म भयो। भगवान शाक्यामुनीले छ बर्षको कठोर तपस्य पछिको प्राप्ता भएको ज्ञानलाई यिनि पाँच अनुयायीहरुले भगवान बुद्ध सामु आजकै दिन अर्थात चन्द्रमास लुनार सम्बातको छैटौ महिनाको चार तीथीको दिन पहिलो पटक ऋषिपतन मृगदाव वन (सारनाथ, वाराणसी) भारतमा सुनको चक्र, सुनकै अस्टमंगल, अति दुर्लभ दयाँ घुमेको शंख (तुङ या खिल) र अन्य थुप्रै बहुमुल्य रत्नहरु चढाएर भगवान शाक्यमुनी बुद्धलाई प्राप्त भएको ज्ञान र शिक्षा दिलाई पाँउ भनि बिन्ती चढाएको रहेछन। यिनै पाँच चेलाहरुलाई पहिलो पटक भगवान शाक्यामुनी बुद्धले चार आर्य सत्यको उपादेश दिनु भएको आजको यस महत्वपुर्ण दिनलाई महायान बौध धर्ममा ‘छ्योखोर दुईछेन’ तथा थेरबाद बौद्ध धर्ममा धर्म चक्र परवर्तनका दिन भनेर बुझिन्छ । यस दिनको पुनित अवसरमा आज शेर्पा ‘’सेवा केन्द्र बौद्ध टुसाल’’मा प्रमुख अतिथीको रुपमा पाल्नु भएको परम धर्म गुरु जठुल रिन्पोछे ज्युले धार्मिक बिधी अनुसार पुजा पाठ गर्नु भएको थियो। यसै क्रममा यस बर्ष शेर्पा सेवा केन्द्र गोन्पालाई योगदान दिनु हुने महानुभावहरुलाई गोन्पाका अध्यक्ष क्या. आङ् देण्डी शेर्पाबाट प्रमाणपत्र तथा खादा लगाई धन्याबाद ज्ञापन गर्नु भएको थियो। यस कार्यक्रम सँगै यो बर्षक्को ‘’टुक्पा छे स्यी’’ पुजामा लावा बोक्ने जिन्दगहरुलाई पनि खाता लगाई धन्याबाद ज्ञापन गरेको थियो भने आउदो बर्षको लाग ‘छोग’,खाना,चियापन,फलफुल र उपत्याकामा रहेको महत्वपुर्ण बौद्ध स्तुपाहरु बौद्ध स्तुपा, चरुमति स्तुपा चावाहिल, काठेसिम्बु स्तुपा ठाँहिटी र स्वायम्भु स्तुपामा ‘नाम्स’ कपडा र लुङता चढाउनेहरुको नाम लेखाउने हरुको ताँतको ताँत देखिन्थे। खानपान सहित भएको यस महत्वपुर्ण धार्मिक कार्यक्रममा अन्त्यमा आजको पर्व सँग सम्बन्धित धार्मीक नाच ‘’छ्योखोर कोर” सँगै यस बर्षको छ्योखोर दुइछेन अर्थात’’ टुक्पा छे स्यी पुजा’’ सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सबै जिन्दक,धर्मगुरु,स्वायमसेवक,पत्रकार लगायत गोन्पाको कार्यसमितीहरु सबैलाई ध्न्याबाद ज्ञापन गर्नु हुँदै केन्द्रको उत्तरोत्तर बिकासको लागी देश बिदेशमा रहेको आम शेर्पा समुदायहरुलाई पुन: सयाहोग गर्न अनुरोध गर्दै आजको कार्यक्रम सम्प्न्न भएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %