अशोक राईहरु भन्दा पहिला कारवाहीमा परेका राजेन्द्र श्रेष्ठले भने-नयाँ पार्टी खोल्ने अन्तिम तयारी हुँदैछ

Read Time:1 Minute, 17 Second


नेकपा एमाले नेता राजेन्द्र श्रेष्ठले आदिवासी जनजातिको मुद्दा बोक्ने नयाँ पार्टी गठन गर्ने अन्तिम तयारी भएको बताएका छन् । रफत सन्चार क्लबले भक्तपुरमा साउन ८ गते आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन ।

आदिवासी जनजातिको अधिकार मागेको भन्दै एमालेले श्रेष्ठलाई उपत्यका इन्चार्जबाट हटाएको थियो । एमालेमा बसेर राज्यले दमन गरेका समुदायको विषयमा वकालत गर्न असम्भव रहेको भन्दै आफूहरु नयाँ पार्टी गठनमा लागेको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा नेता श्रेष्ठले नेकपा एमालेले संविधानसभा विघटन गराएको बताए । राज्यपुनस्रंरचनाको सवालमा एमाले कांग्रेस भन्दापनि यथास्थितिवादी रहेको उनले उल्लेख गरे । एमालेमा तानाशाही प्रवृत्ति हावी भएपछि २० वर्ष योगदान गरेको पार्टी छाड्न लागेको श्रेष्ठले जानकारी दिए ।
 
तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %