पोखरा, साउन ७ गते, गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडको दोस्रो अधिवेशन तथा तेस्रो बार्षिक साधारण सभाले मिना गुरुङको अध्यक्षतामा गोर्खाली गरेडियो १०६ मेघाहर्जको नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति गुरुङ, सचिव क्याप्टेन श्रीप्रसाद गुरुङ, कोषाध्यक्ष विरध्वज गुरुङ चयन हुनु भएको छ भने सदस्यहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङ, मेजर प्रेमबहादुर थापा, डब्लु टिओ भिमबहादुर गुरुङ, डब्लु टिओ धर्मराज गुरुङ, डिलबहादुर गुरुङ चयन हुनु भएको छ । आफनो पन आफनै पहिचान, सबल नेपाल हाम्रो अभियान भन्ने नारा सहित गोर्खाली समुदायद्धारा संचालित रेडियोको संचालक समितिको कार्यकाल आगामी तिन वर्षको लागी हुने छ ।
त्यस्तै अधिवेशनले रेडियोका निर्वतमान अध्यक्ष शावित्री गुरुङ, डिलकुमारी गुरुङ, सिआई, हरिध्वज गुरुङ, क्याप्टेन फत्तबहादुर गुरुङ, क्याप्टेन बेनीबहादुर गुरुङलाई रेडियोको सल्लाहाकारमा चयन गरेको छ । यसैगरि रेडियोको लेखा समितिमा डब्लुटिओ भुपाल कुँवर, क्याप्टेन भुपालसिंह गुरुङ र सुवेदार झलक गुरुङलाई चयन गरेको छ ।
बन्दसत्र अधि उद्घान कार्यक्रममा गोर्खा कम्युनिटि पोखराका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ्गले गोर्खालीहरुले अव पहिचानको लडाइ लाड्नुपर्नेमा जोड दिएका छन । उहाँले गोर्खालीहरुको हक हित र अधिकारका निमिक्त कोहि कसैले सुनिश्चित नगरिदिने बताउदै आफ्नो अधिकारका निम्ति आफैँ लाड्नुपर्ने धारणा राखेका थीए । उहाँले रेडियोले पहिचानलाइ बुलन्द गरिदिने भएकाले यसबाट आर्थीक लाभ खोज्न नहुने समेत उल्लेख गरे ।
त्यसैगरि सि आइ हरि ध्वाज गुरुङ्गले हिजोका दिनमा लाहुरे परिबेशमा शिक्षाको कमिका कारण समाजीक व्यवासायीक कार्यमा आगाडी बढ्न हिच्कीचाउने गरेको भएपनि अहिले गोर्खाली समुदाय सक्रिय भएको बताए । उहाँले गोर्खाली नै व्यवासयमा लाग्नुपर्ने बताउदै गोर्खाली रेडियो वृक्षका रुपमा रोपेकाले अव त्यसलाई कल्प वृक्ष बनाउने कायमा सम्पुर्णको जिम्मेवारी भएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रेडियोका निर्वात्तमान उपाध्यक्ष मिना गुरुङ्गले नेपाली समाज भित्र गोर्खालीहरुले पहिचान दिन सक्नुपर्ने बताए । उहाँले गोर्खालीहरु व्यवसायीक रुपमा अगाढी बढि युवापिढि लाई रोजगार दिन सक्नुपर्नेमा जोड दिए । मानिसमा प्रेम र विश्वासका साथ आगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर सञ्जय मल्लले रेडियोका बारेमा कमीकमजोरीलाई औल्याएर सहयोग गर्न आग्रह गरे । रेडियो गोर्खालीहरुको पहिचानका निमिक्त स्थापना गरिइएको हुनाले गोर्खालीको भवनालाई सम्बोधन गर्न नसके अनुभुति भएमा सल्लाह सुझाव दिन सवैलाई आगंह गरे । अव गोर्खालीहरुले नयाँ ढङगाले वाहस गर्न आवश्यक रहेको भन्दै कसैले व्यक्तिगत स्वार्थका लागी संस्थामा लाग्न नहुनेमा जोड दिए । संचालक समितिका सल्लाहकार क्या बेन बहादुर आलेले महिलाहरुले गरेका कार्य सह्रनिय भएकाृ भन्दै यसका लागी सम्पुर्णले सहयोग गर्नुपर्ने बताए । रेडियोलाई हाम्रो भन्ने भवनाका साथ अगाढी बढ्नुपर्ने बताउदै बच्चाको ललानपोषण गर्ने जिम्मा अभिभावकको हो भने ।
गोर्खाली रेडियोका अध्यक्ष सवित्रि गु्रुङ्गको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गोर्खा बचत तथा सहकारी संस्थाका कार्यवाहक अध्यक्ष क्या इन्द्र बहादुर गुरुङ्ग, निर्वाचन मण्डलका संयोजक मेजर कृष्ण बहादुर गुरुङ्ग, सोँपाल तमु समाजका अध्यक्ष क्या धन बहादुर गुरुङ्ग, गोर्खा एण्ड वराह ज्वालरीका प्रोप्राइटर हरि धमाला, सहकारीका सचिव शान्ति गुरुङलगायतले बोल्नुभएको थियो । भने कोषाध्यक्ष देवबहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव शान्ति गुरुङले बार्षियक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
