गोविन्द घर्ति देवदह साउन ४ । हिजो देखि निरन्तर आएको वर्षाका कारण रुपन्देहीको केरवानी ३ राजावारीमा ३ घर डुवानमा परेको छ । लगातार परेको वर्षाका कारण स्थानीय दल बहादुर सिंजाली, दल बहादुर डिसुवा र प्रकाश पुनको घर, गोठ डुवानमा परेको हो । घर गोठ, डुवानमा पर्दा लाखौ रुपैया बरावरको क्षति भएको पिडित दल बहादुर सिंजालीले बताउनु भयो । आफहरुको घर, गोठ, वाख्राको खोर तथा भर्खर मात्र लगाएको धानहरु पनि डुवेको पिडित सिंजालीले बताउनु भयो । आफूहरुको घरगोठ डुवानमा परेपछि आफूहरु आफन्तको घरमा वस्न वाध्य भएको पिडित प्रकाश पुनको भनाई रहेको छ । गाउँ भन्दा केही तल निजी सिचाईको लागि निर्माण गरिएको वाधका कारण सो क्षेत्रमा रहेको घरहरु डुवानमा परेको स्थानीयवासी दिल बहादुर रोकाले बताउनु भयो । वाँध निर्माण गरिए पछि सो क्षेत्र हुदै वगेको पानीले निकास पाउन नसक्दा हरेक वर्ष डुवानमा पर्दै आएको रोकाले बताउनु भयो । वाँधका कारण घरहरु डुवानमा परेको र किसानहरुले लगाएको धानवालीमा समेत क्षति पुगेको हुदाँ सो वाँध फाल्नु पर्ने स्थानीयवासी हेम बहादुर थापा बताउनु हुन्छ । सो वाँधका कारण स्थानीयवासी र वाँध निर्माण समिति वीच बेला बेलामा विवाद हुदै आएको थापा बताउनु हुन्छ । उक्त वाँध नफाल्ने हो र यसरी निरन्तर पानी पर्दै जाने हो भने राजावारी मात्र होइन केरवानी गाविसका थुप्रै गाउहरु डुवानमा पर्ने थापाको भनाई रहेको छ । यस विषयमा गाविसमा निवेदन दिएपनि कुनै कार्वाही नभएको स्थानीवासीको भनाई रहेको छ ।
