विभिन्न धर्मका नेताहरुले धार्मिक आयोग गठन गर्नु पर्ने माग गरेका छन् । मुलुकमा विभिन्न धार्मिक समुदायको बसोवास रहँदै आएकोले ती समुदायबीच सद्भाव र समन्वयका लागि उक्त आयोग गठन गर्नु पर्ने माग राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले राखेका हुन् ।
बौद्ध धर्मका अगुवा भिक्षु आनन्द, विश्व हिन्दु महासंघका अध्यक्ष दामोदर गौतम, जैन धर्मका अगुवा, नमन उपाध्यय, इस्लाम धर्मगुरु आयातुल्ला खान तथा ईशाई गुरु शुगंज कार्की लगायतले मुलुकमा प्रचलनमा रहेका सम्पूर्ण धर्मको अस्तित्वलाई संरक्षण गदै धर्मालम्वीहरु बीच सद्भाव कायम राख्न आयोग आवश्यक रहेको वताएका छन् । उनीहरुले सदियौँ देखि मिलेर बसेको विविध धर्म अनुयायीबीच सद्भाव कायम राख्न धर्म गुरुले भूमिका निर्वाह गर्नु पर्ने पनि औल्याएका छन् ।
(राज्यसत्ता नेपाल व्युरो )
धार्मिक आयोग गठन गर्न धार्मिक नेताहरुको आग्रह
Read Time:1 Minute, 18 Second
