एसएलसी उतिर्ण तामाङ विद्यार्थी सम्मानित

Read Time:4 Minute, 13 Second

हुम तमु, पोखरा, ३० असार यसवर्ष एसएलसी उतीर्ण कस्केली तामाङ विद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच नेपाल तामाङ विद्यार्थी घेदुङ कास्कीले सम्मान गरेको छ ।

पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष कुमबहादुर तामाङले एसएलसी उतिर्ण ६० जना कस्केली तामाङ विद्यार्थीलाई सम्मानपत्र र खादाद्धारा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सामुदायिक तथा निजी विद्यालयका तर्फबाट उत्कृष्ठ अंक प्राप्त गर्न सफल विद्यार्थी द्वय क्रमशः रोशन मोक्तान तामाङ (७५.७५५) बाल मन्दिर मा.वि., मनिषा स्याङ्बो तामाङ (८४.५५) ंवेष्ट प्वाइन्ट बोर्डिङ स्कूललाई विशेष सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमलाई सफल पार्न १५ हजार अर्थिक सहयोग प्रदान गर्नु भएका हाल अमेरिकामा रहनुभएका नेपाल तामाङ विद्यार्थी घेदुङ कास्कीका संस्थापक सदस्य कृष्ण लोप्चन, ७ हजार सहयोग गर्नुहुने नेपाल तामाङ घेदुङ कास्कीका सल्लाहकार पूर्ण बहादुर योञ्जन तामाङ लगायत अन्य आर्थिक  भौतिक तथा नैतिक सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको थियो ।
विद्यार्थीलाई सम्मान गर्नुहुदै प्रमुख अतिथि कुम बहादुर योञ्जन तामाङले सहभागीहरुको उत्साहजनक उपस्थिति प्रति खुशी व्यक्त गर्नुहुदै विद्यार्थीहरुमा उच्च शिक्षा तथा राजनितिक सचेतनाको आवाश्यक रहेको जोड दिनुभयो ।
विद्यार्थी घेदुङ कास्कीका अध्यक्ष रिना लोप्चन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार प्रताप वाइबा तामाङ ,सदस्य मनमाया तामाङ, नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष लामा गुरु पाल्देन योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष दिपक वाईबा तामाङ, उपाध्यक्ष सु.हरिमान थिङ तामाङ, सल्लाहकार पूर्ण बहादुर योञ्जन तामाङ, विद्यार्थी घेदुङका केन्द्रिय उपाध्यक्ष दिल कुमार लोप्चन तामाङ, तामाङ बौद्ध सेवा समितिका अध्यक्ष टेक बहादुर स्याङ्बो तामाङ, हेम्जा तामाङ इकाई समितिका अध्यक्ष तर्क बहादुर तामाङ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थी घेदुङ कास्कीका सदस्य तथा सञ्चारकर्मी वीरेन्द्र वाईबा तामाङ, गायक इनोक तामाङ, आस्था वाईबा तामाङ र कविता तामाङले विशेष प्रस्तुतिहरु राख्नु भएको थियो । कार्यक्रममा स्वागत् मन्तव्य विद्यार्थी घेदुङ कास्कीका उपाध्यक्ष रेणु घिसिङ तामाङले राख्नु भएको थियो भने कार्यक्रम संचालन सचिव अर्जुन स्याङ्बो तामाङले गर्नु भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %