कृष्ण केदेम, यु के, देशी–बिदेशी तथ्याङ्कहरु र हाम्रा आफ्नै आाखाले देखेकै हो, नेपालको ७५ जिल्लामा करिब ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (Governers) राज्यको ३० वटाजति मंत्रालयहरुमा २५ जना जति सचिबहरुबाहुन क्षेत्री नै छन् । बिदेशी कुटनीतिक राजदूत कोटामा २० जनामा १८ जना र त्यहि अनुपातमा तलदेखि माथिसम्म सबै तहका कर्मचारीहरु, आर्मी, पुलिस्, नियोग, बिभाग, बैंकिङ्ग, न्याय, प्राध्यापक कुन क्षेत्रमा बाहुन क्षेत्रीको एकछत्र, हालिमुहालि छैन ? त्यसरी नै राजनीतिक्षेत्रमा कुनैकुनै गाउ र जिल्ला तहहरुलाई छाडेर राष्ट्रिय स्तरमा, साना ठूलादेखि महत्वपूर्ण निर्णयहरु गर्ने, नीति–नियमहरु बनाउने उनिहरु नै थिए र छन् । देशको २५ प्रतिशत जातिले राज्यको हरेक क्षेत्रमा ९० प्रतिशत कब्जा जमाउनु, जमाइराख्न खोज्नु मिल्छ र ?
बाहुन क्षेत्रीहरुले सक्षमताको (competency) कुरा गर्छन् । “हाम्रो हारा हरीमा आउनु अनि पाउछौ स्थान” हुन पनि स्कूल, कलेज र युनिभर्सिटिहरुमा पढाइको तत्थ्यांकहरु हेर्दा हो भन्नु करै लाग्छ । राम्रो नम्बरमा उनिहरु नै, झन् कलेज लेभल् माथी हेर्ने हो भने विद्यार्थी संख्यामा उनिहरु नै कता हो कता बेसी, अनि लाग्छ उनिहरुको नश्ल नै (gene) टाठोबाठो हुने हो र गैह्रबाहुन क्षेत्रीहरुको नश्ल चाहीं बुद्धु । जन्मदै उनिहरु बाठो, अरु लाटो । गैरबाहुन क्षेत्रीहरु बालक हुंदै युवा अवस्थासम्म आइपुग्दा नपुग्दा थाहै नपाई पढछु भन्ने आत्मबल (confidence) धर्मरिन सुरुहुन्छ र बिस्तारै लगनशीलता (consistency) टूट्छ । पढाई एक हप्ता मात्रै लगनशील भएन भने त्यो पढाइको लिकबाट बाहिर मोडिन्छ, त्यसपछि आत्मकेन्द्रीत (concentration) हुन गाह्रो हुन्छ । यो हुनको कारण चाहिं गैह्रबाहुन क्षेत्रीहरुले पढेर लेखेर पनि आफ्नो अगाडी केहि संभावनाहरु (no incentive) नदेखेर हो ।
गैह्रबाहुन क्षत्रीहरुको यस्तो मनोदशा हुनको कारण यस्तो छ । पृथ्बीनारायण शाहको निर्म्मतापुर्ण नेपाल एकिकरण पश्चात लादिएको शासनले गैरबाहुन क्षेत्रीहरु शासित जाती भए बाहुनक्षेत्रीहरु शासक । प्रत्येक तह र ठाउंमा गैरबाहून क्षेत्रीहरुलाई भेदभाव गरीयो, अवसरहरुबाट बञ्चित गरियो । त्यहि राज्यसत्ताको नियोजित कुटनीतिले निर्देशित करिब २०० बर्षसम्म आइपूग्दाको यो कुरुप अवस्था हो ।
गैह्रबाहुन क्षेत्री मूलका राजनीतिज्ञ या नेताहरुको हालत पनि यो भन्दा फरक छैन । सक्षम भएर पनि आत्मवल नभएका छन् र आफ्नै समुदायबाट समेत पत्याइन गाह्रो हुन्छ । यो मनोरोग हो, भ्रम(illusion), हो, गिदीले लामो समयक्रम्मा सोंच्न थालेको संस्कार हो । लगभग २०० बर्ष गैह्रबाहुन क्षेत्रीहरुलाई यो गुमराहमा नराखिएको भए यो अवस्था अवस्यै हुने थिएन उनिहरुको । वास्तवमा उनिहरु जन्मदै लाटो हुन सक्दैनन् । आज यस्तो अवस्था छ, यति सम्म कि, आफ्नो खोसिएको हक–अधिकारहरुको बारेमा कुरा गर्न समेत भूलिसके उनिहरुले, बानि (brain wash) भइसकेको छ, सबै सामान्य जस्तो लाग्छ । खेती–किसान गर्नु, भरिया काम गर्नु, सक्ने उमेर भएपछि बृद्ध नभइन्जेल बिदेशतिर श्रम खोज्नु, गर्नूलाई उनिहरुको आफ्नै बिशेषता जस्तो लाग्छ । उनिहरुलाई राजनीति भन्ने बितिक्कै त्यसमा पनि नेपाली राजनीति भन्दा नाकै खुम्चिन्छ । सांच्चि ! उनिहरुलाई राजनीति साजनीति चाहिंदैन, न राजनीतिक पार्टि नै । निर्बासनमा (NRN) राजनीतीक कुरा गर्ने फूर्सद झनै मिल्दैन, रातदिन श्रम गर्दै ठिक्क । हुन पनि, राजनीतिलाई घृणा गर्नुपर्ने कारणहरु छन् । पहिलो हो, यहि नीतिले उनिहरुलाई यो अवस्थामा पुर्यायो । दोश्रो हो, उनिहरुको सोझो स्वभाव बिपरित स–साना कुरामा लान्छनाहरु लगाइने चलन छ हाम्रो देशमा, आग्रह–पूर्बाग्रह हुन्छ, सक्नेले राजनीतिक प्रयोग र दुरुपयोग दुवै गरेर उल्टासीधा निर्णयहरु गराई अन्यायमा पारीएपछि मानिसलाई मनमा चोट लाग्छ, इत्यादी ।
त्यसो भन्दैमा, गैह्रबाहुन क्षेत्रीहरु अब चुपलागेर बस्नु हुंदैन, जातीय, बर्गीय, क्षेत्रीय र राज्यको राजनीतिमा आफ्नो अडान् के हो भन्ने कुरामा सरोकार राख्नु पर्छ, निम्छरो हुनु हुंदैन । राजनीतिलाई पेशा बनाउनु अर्को कुरा हो, तर सर्वसाधारण भएर पनि आफ्नो थात्थलो, आफ्नो पहिचान, आफ्नो जात, धर्म, आफ्नो हक–अधिकार र आफ्नो देशको बारेमा सरोकार राख्नु, सक्दो मद्दत गर्नु, लड्नु, धर्म र कर्तब्य दुबै हो ।
नेपालको पछिल्लो केही दशकहरुमा निकै राजनीतिक परिबर्तनहरु भएकाछन्, समय सापेक्ष यो हुनैपर्थ्यो । आजको बिश्व लोकतंत्रमय (democracy) छ । कत्रा–कत्रा राष्ट्रहरुले, नेताहरुले यो बहावलाई थुन्नखोज्दा, रोक्नखोज्दा, छोपिराख्न खोज्दा नराम्ररी धूलो चटाइएका छन् त्यसमध्येमा हाम्रो राजसंस्था पनि परेका छन् । यो सत्यलाई नेपालका बाहुनबादि चिन्तन बोकेकाहरुले मनन गरी बुझ्नै पर्छ । आजको बिश्वमा एउटा जातिले अर्को जातिलाई हेपिरहन, धर्म, संस्कार, नीति नियमको नाममा असमान र अमानवीय तरिकाले ब्यबहार गरीरहन सम्भव हुदैन । मानव अधिकार, समान अधिकार, समानुपातीकका कूरा, आदिबासी–जनजातीहरुको हक–अधिकारका कुरा र संधि–सम्झौताहरु विश्वब्यापी छन् । यी अंर्न्तरराष्टिय संधिहरुमा नेपालले कतिमा गरी सकेका र कतिमा हस्ताक्षर नगरी सुखैछैन । बिश्व समूदायले माथी दिइएको आंकडाको प्रतिकृया कसरी देलान् भनेर बाहुनबाद भन्दा अरुबाद सुन्न र जान्न मन नपराउने नेपाली मनुवाहरुलाई एक पटक प्रश्न गर्न मन लाग्छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न अब राजनीतिक दिमाग चाहिदैन । बाहुनबादीहरु एकातिर र अरु अर्कातिर भएका छन र उभिएका छन । बाहुनबादीहरु बाहिर त भन्छन्, “जातियनामको आधारमा संघीयराज्यहरु हुने बित्तिकै देश टुक्रिन्छ” तर भित्री आसय चाही यथास्थिति याने पुरानै माथि भनिएकै असमान अवस्थामा देश रहोस् । जातियनामको संघीयराज्यहरु हुने बितिक्कै कम्तिमा पनि सबै जातिको समानुपातिक बढ्छ हाम्रो एकछत्र घट्छ भन्ने नै हो । यो अडानको प्रतिनिधित्व एमाले, कांग्रेस र नेपाली प्रेशले दह्रै गरेकाछन् तर यसमा माओबादी पनि अछुतो छैन । अर्कोतिर गैरबाहूनबादि आदिबासि–जनजातिहरुको मांग संघीयराज्यहरु जातीय आधारमा गरीए त्यसले कम्तिमा समानुपातिकताको र अरु हक–अधिकारहरुको ग्यारेण्टि गर्छ भन्ने हो ।
माओबादीले चांहि सुरुदेखि नै भनेका थिए नेपालको समस्या बर्गीय भन्दा जातीय असमानताको हो तर संबिधान जारी गर्ने समयमा तेस्तो हुन सकेन । संबिधान सभाको समय अवधि सकिन एक घण्टा अगाबै माओबादी प्रधानमन्त्रि भट्टराईले संबिधान सभाको घाटी रेटे । जातीय आधारमा संघीयराज्यहरु बनाएर नै क्रमश असमानता हट्छ र चौतर्फि देश र देशबासिहरुको बिकाश हुन सक्ने कूरा बैज्ञानिक अध्ययनबाट गरएिको हो । यो कसैको आग्रह पूर्बाग्रहबाट भनिएको होइन । एमाले र कांग्रेस पार्टिहरु चांहि संबृद्घ नेपालमा बाहुनक्षेत्रीको हालीमुहाली हुनुपर्छ भनेर परम्पराबादी पार्टिहरुमा दरिएकाछन् । एमाले र कांग्रेसीहरुले बाहिर जेसुकै भनेपनि मनभित्र बाहुनबादी अहम्को घेराबाट बाहिर निस्कन सक्दैनन् भन्ने कुरा छर्लङ्गै देखाए, यि पार्टिहरुले नेपालको चौतर्फी बिकाश गर्न सक्छन् भन्ने विश्वास यहि समाप्त भएको छ । पछिल्ला दिनहरुमा एमाले र कांग्रेसका आदिबासी–जनजाती मधेशी समेतका नेता र कार्यकर्ताहरुले यी पार्टिहरुको ह्वीपलाई नमानेर ठिकै गरे । समग्र नेपालीको हित चाहने, नेपालमा संतुलित र चौतर्फी बिकाश होस् भन्ने गैरबाहुनक्षेत्री नेता र कार्यकर्ताहरु पनि, आाउंदा दिनहरुमा त्यस्तो बाहुनबादी पार्टिमा बसिरहनुको औचित्य देखिंदैन ।
नया संबिबधान लेख्ने प्रयासका पछिल्ला दिनहरुमा बाहुनबादी र गैरबाहुनबादीहरुको प्रदर्शनहरुले सडकहरु भरिए, बन्दकोठाहरुमा ठुला पार्टिहरुका ठुला नेताहरुविच सहमति गर्न खोजिंदैमा संबिधानसभाको मिति सकियो । दूर्भाग्य ! बैठकमा सबै बाहुनबादीहरु मात्रै सहभागी थिए र सहमति नभएको नाटक रचियो र संबिधान सभाको हत्या गरियो । संबिधानलेखन कार्य तुहाइयो । स्मरणरहोस् ! संबिधानसभाभित्र प्रकृयागत सभासदहरुको चुनावद्वारा माथिका अडानहरु छिनोफानो हुनपथ्र्यो र त्यस्तो निर्णय सबैलाई स्वीकार्य हुन्थ्यो र हुन करै लाग्थ्यो तर हुन सकेन ।
अब नैतिकताको कुरा गरेर काम छैन, उपाय एउटा मात्रै छ र त्यो हो बाहुनबाद बिरुद्ध एक भएर लड्ने । सबै आन्दोलन र झगडाले नोक्सान मात्रै गर्दैन, तर संतुलन ल्याउंछ । यहां आलो मधेशी आन्दोलन लाई सम्झौं । भारतले उक्साएको भनिए पनि या जे भए पनि मधेशीहरुले एउटा अप्ठ्यारो माग राखेर दह्रो आन्दोलन गरे । जुनसुकै राजनीतिक पार्टिहरुमा आबद्घ रहेर पनी मधेशी मूलका नेता र कार्यकर्ताहरु एकै ठाउामा आउन त्यो आन्दोलनले अवसर दियो, सबै मधेशी जनता जुटे । त्यसको फलस्वरुप संबिधान सभाको चुनावमा देशको चौथो शक्तिशाली राजनीतिक पार्टि हुन आइपुगे । संबिधानसभामा कुनै राजनीतिक पार्टिको बहुमत नभएकोले मधेशी पार्टि किङ्गमेकर भएर प्रत्येक सरकार बनाउने, भत्काउने या सहभागी भएर निर्णयहरु गर्ने, आफ्नो अनुकुलताको सौदाबाजी गर्ने, राष्ट्रपति, उपराष्ट्रपतिदेखी गृह र परराष्ट्र मंत्रालयसम्म हाक्न भ्याएकाछन् । हामी सबैले भुलिसकेका छैनौं, मधेस आन्दोलन अघिसम्म राज्यले र देशका अरुजाती समुदायहरु समेतबाट मदेशीहरुलाई कस्तो ब्यबहार गरीन्थे भनेर । मधेशीहरुको एक मधेस एक प्रदेशको मांग पूरा होला नहोला तर उनिहरु पहिले जस्तो हेपिदैनन् । अब यो बूझ्नुपर्छ कि मधेशीहरुसग आज जे छ त्यो सबै सित्तैमा पाएका होइनन्, सबै एक ढिक्का भएर, दह्रो लडांई लडे पश्चात पाएका हुन् ।
आफ्नो हक–अधिकारको सुनिश्चितताको लागि, समानताको लागी, जातियनाम सहितको संघियराज्यहरुको लागी, सबै गैह्रबाहुनबादीहरु एकै ठाउमा उभिएर नलडी नहुने स्थितिको श्रृजना परम्पराबादी बाहुनबादीहरुले गरिदिएका छन् । गर या मरको स्थिति हो यो । यहां याद राख्नुपर्ने कूरा के छ भने, लडाई बाहुन क्षेत्रीहरुसंग लड्ने होइन, बाहुनबादी अहंकार, असमान परम्परा र कुनीतिहरुको बिरुद्घमा लड्ने हो । जातिका कुरा गर्दा साम्प्रदायीक दंगा भड्किने भन्दा स्थिति पर पुगिसकेको छ तर नियंत्रीत छ अहिले सम्म, चुप लाग्नु भन्दा बरु स्पस्ट र बृहत् रुपमा यस बारेमा कुरा गर्नु राम्रो हुन्छ । गैह्रबाहुन क्षेत्री बिच शत्रुता हुनु हुदैन, कारण एउटै देशमा मिलेर बस्नुपर्नेछ । एउटै गन्तब्यको सहयात्री भए पछी, एक थरी घोंडा र अर्को थरी घोंडचढी हुनु भएन भन्ने मांग हो । यस्तो असमानता जसो तसो आज सम्भव होला, तर भोलि असम्भव हुनेछ । जुन अहिले भर्इरहेको छ ।
बाहुनबाद, असमानता र बुझ्नैपर्ने नेपालको राजनीति
Read Time:15 Minute, 33 Second