भाषा, संस्कृति र संस्कारको संरक्षण, सम्वद्र्धन विना जातीको विकास असम्भब

Read Time:3 Minute, 21 Second

गोविन्द घर्ति रुपन्देही असार २९ भाषा, संस्कृति र संस्कारको  संरक्षण, सम्वद्र्धन विना कुनै पनि जातीको विकास नुहने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । देवदह मदर टङ्ग एकेडेमीले आयोजना गरेको मातृभाषा संरक्षण सम्वद्र्धन र विकास विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । राज्यले मातृभाषा र संस्कृतिलाई वेवास्ता गरेका कारण विभिन्न जातीय भाषा तथा संस्कृति लोप हुदै गएकोले  यसको संरक्षण र सम्वद्र्धनमा राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिइएको थियो । देवदह मदर टङ्गस एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौ बहादुर गुरु्ङ्गको अध्यक्षता र प्रिन्सीपल राम बहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेपाली कग्रेंसका क्षेत्रीय सचिव वासुदेव रिमाल, एकिकृत माओवादीका सचिव केशव पुन, नेकपा एमाले देवदहका अध्यक्ष पदम थापा, नेपाली कांग्रेसका सचिव प्रमोद खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष डम्वर बहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ देवदहका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका कोषाध्यक्ष गोविन्द घर्ति, तमु ह्युल छोज धी देवदहका अध्यक्ष सुरेन्द्र गुरुङ्ग, खेमा तमु छोज धीका थमन तमु, समाजसेवी निर्मला र्चाधरी, पत्रकारद्धय त्रिलोचन दाहाल, झविन्द्र देवकोटा, चित्र बहादुर सुनारी, देवराज गुरुङ्ग लगायतले बोल्दै जातीय पहिचानको लागि भाषा र संस्कृति जोगाउन सवै एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिइएको थियो । देवदह मदर टङ्गस एकेडेमी देशकै एक मात्र गुरुङ्ग मातृभाषा पढाई हुने विद्यालय हो भने यहाँ विगत १५ वर्ष देखि गुरुङ्ग र मगर भाषा कक्षा ५ सम्म पढाई भईरहेको  विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सीपल तथा प्रवन्धक भिम गुरुङ्गले राज्यले भातृभाषा अध्यापन गराउने  विद्यालयलाई उपेक्षा गरेको बताउनु भयो । वहाले राज्यले सहयोग गरेमा कक्षा १० सम्म जुनसुकै मातृभाषामा पढाई गर्न एकेडेमी तयार रहेको दावी गर्नु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %