मातृभाषाको समाचार बन्द नगर्न आग्रह

Read Time:1 Minute, 25 Second

निर्मल गुरुङ अध्यक्ष रहेको सगरमाथा टेलिभिजनले विभिन्न मातृभाषी कार्यक्रम बन्द गरेकोमा नेवाः पत्रकार राष्ट्रिय दबूले चासो व्यक्त गरेको छ । मगर, नेवार, तामाङ, थारु र गुरुङ भाषाको समाचार बन्द गरेपछि बन्द नगर्न माग गरेका हुन ।

नेवाः पत्रकार राष्ट्रिय दबूको अगुवाइमा गएको टोलीलाई टेलिभिजनका अध्यक्ष गुरुङले  सहकार्य गरी आफू अघि बढ्न तयार रहेको विश्वास दिलाएको दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए ।
 
स्रोतका अनुसार मातृभाषामा समाचार दिँदा सम्बन्धीत भाषाका जातीय संघ संस्था र व्यावसायीहरुले एक पैसाको पनि विज्ञापन नदिएपछि बाध्य भएर गुरुङ मातृभाषाको समाचार बन्द गर्ने अवस्थामा पुगेका हुन । जनजातिद्वारा साचालित मिडियालाई सबैभन्दा बढी चुनौति जनजातिबाटै भएको व्यवस्थापनसम्बद्ध एक जनाले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

तिलिसरा राना गाहा, काठमाडौं
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %