आदिवासी जनजाति पत्रकार सङ्घ कास्कीले आदिवासी जनजाति युवा पत्रकारिता पुरस्कार पत्रकार रीता गुरुङलाई प्रदान गरिएको छ । गुरुङ गोल्डेन न्यूज दैनिकका सम्पादक तथा सुनौलो एफएमकी स्टेसन म्यानेजर गुरुङलाई २९ असारमा पुरस्कार वितरण गरिएको हो । पुरस्कार राशि रु पाँच हजार एक सय छ ।
पुरस्कार तमु धी नेपालका अध्यक्ष कर्म तमुले आफ्नो विवाहको ३२ औँ वर्षो अवसरमा गत वर्षस्थापना गरेका थिए । मगर संघका पूर्व महासचिव सुरेन्द्र थापा मगरको अध्यक्षतामा तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो ।
