देवदह गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा

Read Time:3 Minute, 2 Second

गोविन्द घर्ति रुपन्देही असार २९ । रुपन्देहीको देवदह गाविसलाई एक कार्यक्रमका वीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । देवदह गाविसको सभाहलमा भएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीकृष्ण पौडेलले भगवान गौतम बुद्धको मावली स्थल देवदह पर्यटकीय स्थल भएकोल खुल्ला दिशामुक्त क्षेत्र घोषणाले सकारात्मक सन्देश दिने बताए । वहाले दिशामुक्त क्षेत्र घोषणा गर्नुको साथै पूर्णसरसफाईमा विशेष ध्भ्यान दिनु पर्नेमा जोड दिए । देवदह क्षेत्रमा धेरै गाविस पर्ने हुदा सवै गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी नारायण ज्ञवालीले स्थानीयवासीको सक्रियताको कारण देवदह गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सफल भएको बताए । स्थानीय वासीले चाहाने हो भने कठिन मानिएको काम पनि सजिलै सफल हुनेमा जोड दिए । देवदह गाविसका सचिव वव्रु वहान सापकोटाको अध्यक्षता, सारदा ज्ञवालीको संचालनमा भएको कार्यक्रममा खानेपानी डिभिजन कार्यालय रुपन्देहीका नन्दलाल वन्जाडे, इन्जिनीयर माधव जंग कार्की, जयकिशन अधिकारी, दल बहादुर पाईजा, डिल्लीराज मरासिनी, डम्वर बहादुर थापा, मित्रलाल खरेल, विक्रम खड्का लगायतले बोल्दै खुल्ला दिशामुक्त गाविस घोषणा संगै स्वास्थ्यमा समेत सुधार आउने बताए । देवदह गाविस भरी करिव ५ हजार ५ सय घरधुरी सवैले शौचालय निार्माण गरी प्रयोग गरेकाले खुल्ला दिशामुक्त घोषणा गरिइएको हो । देवदह गाविसमा करिव ५ हजार ५ सय घरधुरी रहेको र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि देवदह गाविसले १७ सय ३४ घरधुरीलाई शौचालय निर्माण गर्न सहयोग गरेको र उक्त शौचालय निर्माण गर्न करिव ३६ लाख रुपैया खर्च भएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %