राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले राष्ट्रिय समस्या समाधानका लागि सर्वपक्षीय महासभा आयोजना गर्ने भएको छ । सभा असार २९ र ३० गते ललितपुरमा आयोजना गरिएको २७ असारमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका महतोले जानकारी दिए ।
महासभामा सङ्घीय ढाँचा न्यायपालिका शासकीय स्वरुप र निवार्चन पद्धति कस्तो हुनेबारे छलफल हुने महतोको भनाई छ । सबै दलका अध्यक्ष दलीय प्रतिनिधि पूर्व सभासद् नेता आदिवासी जनजातिसँग सम्बन्धित सङ्घसंस्थाका गरी करिब ४५० जना सहभागी रहने आयोजकले जनाएको छ ।
संघीयता र अग्रगामी शक्तिलाई गोलबन्द गर्दै मुलुकलाई निकास दिनु सभाको उद्देश्य रहेको मन्त्री महताले जानकारी दिए ।
