
एनेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी ले सङ्गठनको नीतिविपरीत काम गरेको भन्दै केन्द्रीय सचिवालय सदस्य वीना मगरलाई निलम्बन गरेको छ । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले २६ असारमा विज्ञप्ति प्रकाशित गरेर मगरलाई निलम्बन गरेको जनाएका हुन ।
मगरलाई क्रान्तिकारी स्ववियु काउन्सिलको संयोजकबाट समेत हटाइएको छ । एमाओवादी पुष्पकमल दाहालका छोरा प्रकाशसँग भागेको आशंकामा उनलाई पदमुक्त गरिएको हो । प्रकाशको दोस्रो श्रीमती तिरका एक छोरा छन् भने विना पनि विवाहित हुन ।
