शिक्षा प्राप्त पछि आफनै देश र समाजको सेवा गर्नु पर्छ : जी सी अ रार्इ

Read Time:3 Minute, 9 Second

गोविन्द घर्ति रुपन्देही असार २३, शिक्षा प्राप्त पछि आफनै देश र समाजको सेवा गर्नु पर्ने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी झुम प्रसाद राईले बताउनु भएको छ । नेपाली समाजमा शिक्षा प्राप्त पछि बैदेशिक रोजगारीमा जाने चलन रहेको हुदा अवका दिनमा बैदेशीक रोजगारीमा होइन स्वदेशमा बसेर समाजको लागि केही गर्नु पर्नेमा जोड दिनु भयो । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले बुटवलमा आयोजनामा गरेको २०६८ सालको प्रवेशी प्ररीक्षामा विशिष्ट श्रेणीमा पास हुने मगर विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । शिक्षा विना केही गर्न नसकिने हुदाँ शिक्षालाई महत्व दिनु पर्र्ने राईको जोड रहेको थियो । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षता, कोषाध्यक्ष आन बहादुर सोतीको स्वागत र सचिव कमला पुनको संचालनमा भएको कार्यक्रममा बुटवल बुहमुखी क्याम्पसका सहप्राध्यापक हेम बहादुर कनौजे, राष्ट्रिय मगर संघका जिल्ला अध्यक्ष केहर सिंह राना, भिम बहादुर राना, कमल थापा, सपना बलाल लगायतले बोल्दै विद्यार्थीहरु देश र समाजको मेरुदण्ड भएकाले भाषा, संस्कार, संस्कृति संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बुटवल १३ निवासी चन्द्र वहादुर सारुले ८९.३७ प्रतिशत र बुटवल १० निवासी सपना बलालले ८९ प्रतिशत ल्याई उत्र्तीण हुनसफल भएकोले मायाको चिनोले सम्मान गरीएको थियो । रुपन्देही जिल्लाका विभिन्न विद्यालयबाट २०६८ सालको प्रवेशी प्ररीक्षामा विशिष्ट श्रेणीमा पास भएका करिव सय जना मगर विद्यार्थीहरुलाई सम्मान गरीएको थियो । नेपाल मगर संघले हरेक वर्ष प्रवेशीका परीक्षामा विशिष्ट श्रेणीमा उत्र्तीण भएका मगर विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । मगर विद्यार्थीहरुलाई शिक्षामा थप टेवा पुर्रयाउने उद्देश्यका साथ हरेक वर्ष सम्मान कार्यक्रम गर्दै आएको जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाले बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %