चितवनको पिप्ले गाविसमा विषालु च्याउ खाएर चार जना बिरामी परेका छन् । च्याउको खाएका पिप्ले गाविस-७ गड्यौलीकी पुष्पा राई र उनकी तीन छोरी छन् । पच्चीस वर्षीय राईसहित छोरीहरू सात वर्षीय प्रशंसा, छ वर्षीय प्रसुन्ना र डेढ वर्षी प्रश्नाको भरतपुरमा उपचार जारी छ ।
यसअघि पाल्पामा तीन जना मगरको विषालु च्याउबाट ज्यान गएको थियो । विषालु च्याउले अभिभावक विहिन भएको एक चेपाङ बालकलाई प्रधानमन्त्री सेनापति छत्रमान गुरुङले पालनपोषण गर्ने भएका छन् ।
