प्रधानमन्त्री भट्टराईद्धारा संघीयताबादीहरुको छुट्टै मोर्चा बनाउन जनजाति नेताहरुलाई सुझाव

Read Time:3 Minute, 7 Second

काठमाडौं, संघीयतामा आफ्नो अडानबाट पछि नहटेका कारण ठूला पार्टी कांग्रेस र एमालेमा उत्पन्न जातीगत ध्रुवीकरण कायम रहेकै बेला पहिचान सहितको संघीयताका लागि नया मोर्चा बनाएर अगाडी बढ्न जरुरी रहेको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।
मंगलबार प्रधानमन्त्री निवासमा जनजातिका नेताहरुसंगको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । जनजातिको अधिकार सुनिश्चिताका लागि पहिचान सहितको संघीयताका लागि मोर्चा बन्दी गरेर अगाडि बढ्नु पर्ने उनले औल्याएका छन् । जनजातिहरु पहिचान सहितको संघीयताबाट पछि हट्न नहुने उनले सो अवसरमा बताए । ठूला पार्टीमा जनजाति नेताहरुले राखेका मागप्रति बेवास्ता भइरहेको बेला प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले र कांग्रेसका जनजाति नेताहरुलाई सान्त्वना दिने प्रयास गरेका हुन् । अहिलेको स्थितिमा कसरी राजनीतिक निकास निकाल्न सकिन्छ भन्ने कुरामा जनजातिको तर्फबाट सुझाव समेत प्रधानमन्त्रीले भट्टराईले माग गरेको स्रोतले बतायो ।  छलफलमा नेकपा एमालेका उपाध्यक्ष अशोक राई, कांग्रेसका भिमबाहुर तामाङ, प्राध्यापक डा. ओम गुरुङ लगायतको सहभागिता थियो । अहिले बाकी रहेको मुद्धालाई सल्टाउन प्रयास गर्ने र राजनीतिक दलहरु बीचमा सहमति गरेर संविधान निर्माण गरि त्यसलाई जारी गर्नका लागि संविधानसभाको पुन: स्थापना गर्नु उपयुक्त विकल्प हुने जनजातिको तर्फबाट सुझाव दिएको जनजातिका नेताहरुले बताएका छन् । पहिचान सहितको संघीयता आफ्नो लक्ष्य भएको र त्यसमा कुनै पनि सम्झौता नहुने कुरामा विश्वस्त हुन समेत प्रधानमन्त्री भट्टराईले जनजाति नेताहरुसंग आग्रह गरेका थिए । प्रधानमन्त्री भट्टराईले अहिलेको अवस्थामा निर्वाचनमा जानु लोकतान्त्रिक ठहरिने प्रष्ट पारेका थिए । एमाले उपाध्यक्ष अशोक राईले संघीयतावादीको वहृत मोर्चाको आवश्यकता रहेको बताएका थिए । नेकपा एक्किकृतका परि थापाले एमाले र कांग्रेसले राष्ट्रपतिलाई उक्साउन खोजेको र राष्ट्रपतिले भुमिका देखाउन थाले त्यो असंवैधानिक हुने बताएका थिए ।

(राज्यसत्ता नेपाल व्युरो)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %