जातीय पहिचान सहितको संघीयताका पक्षधरबीच मोर्चा बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी उपाध्यक्ष समेत रहेका प्रधामन्त्री बाबुराम भट्टराई र विभिन्न दलसम्बद्ध आदिवासी जनजातिहरुले यसविषयमा छलफल गरेका हुन ।
छलफलमा एमाले उपाध्यक्ष अशोक राई, पृथ्बी सुब्बा गुरुङ, किरण गुरुङ, काँग्रेस नेता इन्द्रबहादुर गुरुङ, एमाओवादीका प्रभु साह, नेकपा एकिकृतका परि थापा लगायत सहभागी थिए । एमाओवादीको पनि स्वार्थ मिलेकाले संविधानसभा विघटन भएको कांग्रेस नेता गुरुङको धारणा थियो ।
गणतन्त्र र सङ्घीयताको विषयमा कसैसँग सम्झौता हुन नसक्ने धारणा आफूले राखेको एमाले उपाध्यक्ष अशोक राईले बताए । पहिचान र अधिकारसहितको सङ्घीयताका सवालमा एकमत बनाएर अगाडि बढ्न र त्यसका लागि समान धारणा बनाउन प्रधानमन्त्रीले आग्रह गरेको पनि र्राईले उल्लेख गरे ।
