
नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक मगर संघको प्रचारप्रसार विभाग प्रमुखमा अम्बरबहादुर थापा मगर चयन भएका छन् । संघको असार १७ गते राजधानीमा सम्पन्न विस्तारित बैठकले थापालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको संघका सचिव भोजबिक्रम बुढा मगरले जानकारी दिएका छन् ।
एमाले सिन्धुली जिल्ला समिति सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज समेत रहेका थापा यसअघि संघको केन्द्रीय सदस्य थिए । थापा एमाले काठमाडौं सिन्धुली सम्पर्कमाचका सचिव समेत हुन् ।
यसैगरी बैठकले मेची अन्चल इन्चार्जमा हरि राना र कोशी अाचल इन्चार्जमा गणेश पिठाकोटेलाई चयन गरेको छ ।
