नेपाल मगर बिद्यार्थी संघलाई बेल्जियम मगरले सहयोग गर्ने

Read Time:2 Minute, 9 Second

काठमाण्डौ, ९ असार, नेपाल मगर बिद्यार्थी संघले बिदेशबाट घर बिदामा आएका मगरहरुलाई बाधबजार स्थित आफ्नै कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । बिश्व मगर संघ बेल्जियमले नेपाल मगर बिद्यार्थी संघको कार्यालयको (महिनाको छ हजार रुपैया) लागी २ बर्षको भाडा दिने सहमति गरि तिस हजार अग्रिम भुक्तानी गरेको छ । त्यस्तै मगर संघ हंगकंगका भूपु अध्यक्ष तथा राज्यसत्ता डट कमका निर्देशक हुम बहादुर पचभैया मगर र युके मगर संघका उपाध्क्ष हेम सेंठ मगरले पनि पांच पांच हजार रुपैया सहयोग गरेका थिए । नेपाल मगर महिला संघकी सस्थापक अध्यक्ष बम कुमारी बुढा मगरको प्रमुख आतिथ्यमा मगर संघ हंगकंगका भूपु अध्यक्ष तथा राज्यसत्ता डट् कमका निर्देशक हुम बहादुर पचभैया मगर, युके मगर संघका उपाधक्ष हेम सेंठ मगर, बिश्व मगर संघ बेल्जियम्का सचिब कुल रजन मगर बिशेस अतिथि थिए । अन्य अतिथिहरुमा सस्थाका भुपु अध्यक्ष तथा भुपु सभासद राम बहादुर थापा मगर, झकेन्द्र घर्ति मगर, माघब दर्लामी मगर, अधिबक्ताद्धय बालकिशोर राना मगर र गौ बहादुर आले मगर साथै बिभीन्न क्याम्पसमा अध्यायनरत र सस्थामा रहेर बिभीन्न पदमा कार्यरत करिब ४० जना बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सस्थाकी अध्यक्ष रेनुका काउंचा मगरको अध्यक्षता र उपाध्यक्ष खेम बुढा मगरले स्वागत मन्तब्य र महासचिब बलबिर बुढा मगरले कार्यक्रम् संञ्चालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %