मगर भाषाको पहिलो चलचित्रदेखि अहिलेसम्म निरन्तर कलाकारितामा समर्पित सञ्जोग लाफा मगर चलचित्र क्षेत्रमा नौलो नाम होइन । असार २८, २९, ३० र ३१ गते काठमाडौंमा हुन गईरहेको आदिवासी चलचित्र महोत्सवका निर्देशकको जिम्मेवारी यिनै लाफा मगरको काँधमा छ । प्रस्तुत छ, चलचित्र महोत्सव र आदिवासी चलचित्रको विषयमा राज्यसत्ता डटकमसँग लाफाको भलाकुसारीः
आदिवासी चलचित्र महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
अन्तराष्ट्रिय आदिवासी चलचित्रले पारेको प्रभाव र नेपालमा बनेका मातृभाषी चलचित्रलाई एउटै थलो प्रदान गरी चलचित्रको माध्यमवाट आदिवासीको आवाजलाई अभिव्यक्त गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
कस्ता कस्ता चलचित्र यसमा सहभागी हुन पाउँछन् ?
चलचित्रको माध्यमवाट आदिवासीसंग सम्बन्धित विषयवस्तु मुद्धाका चलचित्र सहभागी हुनसक्छन् । यस बर्षेखि आदिवासी निर्देशकले गैर आदिवासी विषयमा गैरआदिवासी निर्देशकले आदिवासी विषयमा निर्माण गरेको चलचित्रहरुलाई नेपाली पानोरामा अर्न्तर्गत सहभागी शुरु गरिएको छ ।
यस वर्षकति देशका चलचित्र सहभागी भएका छन् छनौट कतिवटा भएको छ ?
Pathfinder… Indigenous Youth.(अन्वेषक, खोजकर्ता…आदिवासी युवा) आदिवासी युवाप्रति समर्पित अन्तराष्ट्रिय महोत्सव यस वर्षो नारा हो । नेपाल सहित छव्वीस देशवाट -ल्याटिन अमेरीकन सुरिनेम देश, लाओस सहित) दुइ सय वटा चलचित्र सहभागि भएका थिए । विदेशवाट ५४ र स्वदेशवाट २७ गरी ८१ चलचित्र छनौट भएका छन् । स्वदेशी चलचित्र मगर, तामाङ्, थारु, र्राई वाम्वुले, बान्तवा, नेवार, लिम्बु, चेपाङ, हायु र सुनुवार भाषाका छन् । नेपालवाट छनौटमा परेका मध्ये १७ चलचित्र महोत्सवमा प्रिमियर -प्रथम प्रदर्शन) गरिनेछ ।
महोत्सवमा सहभागी हुन विदेशी चलचित्रकर्मी कुन कुन देशवाट आउँदै छन् ? पुरस्कारको व्यवस्था छ की छैन ?
यो महोत्सवमा सहभागी हुन विदेशी चलचित्रकर्मीहरु उत्सुक हुनका साथै हवाइजहाज टिकट बुक गरि सकेका छन् । राजनैतिक अस्थिरताको कारण एक महिना स्थगित भएकोले धेरै चलचित्रकर्मीहरुको समय अभावको कारण अर्समर्थ भएपनि क्यानाडा, वोलिभिया, ताइवान, भारत, अष्ट्रेलियाका चलचित्रकर्मीहरु र ताइवान इन्डीजिनियस टेलिभिजनवाट पत्रकारहरुको सहभागिता हुनेछ । पुरस्कार गोल्डेन ड्रम, ब्रोन्ज ड्रम, सिल्भर ड्रम, जुरी अवार्ड, दर्शक छनौट पुरस्कार अवार्ड, नगद रु २५,००० राशीको नेपाली आदिवासी चलचित्र प्रोत्साहन पुरस्कार, नगद रु १५,००० राशीको नेपाली चलचित्र पुरस्कार रहेको छ ।
चलचित्र प्रदर्शन वाहेक अन्य कार्यक्रम केही छन् ?
यस वर्षो मुख्य आकर्षा ताइवान आदिवासी चलचित्र विशेष प्रदर्शन सहित आदिवासी जनजातिका खानाहरुको स्टल, आदिवासी महिलाहरु सम्बन्धी पुस्तक, श्रव्यदृश्य पर््रदशनी आदिवासी जनजातिको हस्तकलाहरुको प्रदर्शनी, आदिवासी जनजातिको कला प्रदर्शनी गरिनेछ । आदिवासी चलचित्र विषय, ताइवान इन्डीजिनीयस टेलिभिजन र नेपाल सरकारको युवा नीतिमा आदिवासी युवा नीति सम्बन्धमा अन्तक्रिर्या पनि गरिने छ ।
आइफाले निरन्तर जस्तो महोत्वसको आयोजना गर्दै आएको छ । यसले आदिवासी चलचित्रमा कस्तो योगदान गर्छ ?
चलचित्र महोत्सवले विश्वको प्रमुख शहरहरुलाई ध्यानाकर्षा गरिरहेको हुन्छ । चलचित्रको माध्यमवाट समुदायमा भएको संस्कृति, भाषा, ज्ञान, सीपलाई प्रस्फुटन सहित संस्कृतिक आदान प्रदानमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । परम्परागत चलचित्र निर्माण छोडेर आफ्नोपनको चलचित्र निर्माणको थालनीले महोत्सवको र्सार्थकता पुष्टि हुँदैछ ।
अन्तराष्ट्रिय चलचित्रबाट नेपालका जनजाति चलचित्रकर्मीले सिक्नुपर्ने कुराहरु के के छन् ?
पहिलो चिन्तनको विकास दोस्रो आदिवासी दर्शनको ज्ञान, तेस्रो आदिवासी कथावाचन, संरचना चौथो विषयवस्तुको सहि उठानको ज्ञान दिन्छन् । यस्ता धेरै कुराहरु छन् ।
नेपाली भाषी र आदिवासी चलचित्रबीचको तात्विक भिन्नताहरु के हुन ?
सिर्जनात्मक विहिन एकल जातीय संस्कृतिको विषयवस्तु निरन्तरताको रुढिवद्ध नेपाली चलचित्र भन्दा यर्थाथपरक शिक्षा र ज्ञानदिने आदिवासी चलचित्र आकाशपातालको फरक छ ।
भाषा र भेष निकाल्ने हो भने आदिवासी चलचित्र नेपाली चलचित्र भन्दा फरक हुँदैन भनिन्छ नि ?
फोटोकपी गरिएका आदिवासी चलचित्रलाई भन्न खोज्नु भएको होला, केहि आदिवासी चलचित्रको विषयवस्तु उठान कथावाचन, संरचनामा निर्मित चलचित्रहरुले तपाइको आरोपलाई निरुत्साहित गर्छन् ।
तपाईहरु जस्ता कलाकारका खास समस्या के के हुन ?
म कलाकार भन्दा पनि लेखक/निर्देशक हुँ वाध्यताले केहि चलचित्रमा कलाकार वने ।
जनजाति संस्कृतिमा आधारित चलचित्र र मातृभाषामा बनेका चलचित्र उस्तै हुन कि फरक ?
मुख्यत चलचित्र दृश्यको भाषा हो । संस्कृति र भाषा भएर मात्र आदिवासी चलचित्र हुंदैनन् सहायक हुन सक्छ । विषयवस्तु, कथावाचन, संरचना आदिले फरक पार्ने हो ।
सिनेमा हलमा आदिवासी चलचित्र हेर्न पाइने कहिले ?
निर्माता संघले विहानको समय हलमा आदिवासी चलचित्र प्रदर्शन गर्न सहमति गरेको थियो । तर कार्यन्वयन हुन सकेन । स्तरिय चलचित्र निर्माण हुन थालेपछि नचाहेर पनि हलवालाले हलमा लगाउन वाध्य हुनेछ ।
आदिवासी चलचित्र क्षेत्रको विकासका लागि कसले के के गर्नु जरुरी ठान्नुहुन्छ ?
जातीय चलचित्र संघ संस्थाले चलचित्रको महत्वलाई प्रचारप्रसार, प्रशिक्षण, विषयवस्तुको खोजअनुसन्धान गहन अध्ययन गरिनु पर्दछ । आदिवासी चलचित्र विकासको लागि आदिवासी चलचित्र विकास वोर्ड गठन गर्न सरकारलाई दवाव दिनुपर्छ । आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न विदेशमा पढनको लागि सरकारले छात्रवृति प्रदान गर्नुपर्छ ।