काठमाडौ, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक छाडेका शरतसिंह भण्डारीले बिहीबार राष्ट्रिय मधेस समाजवादी पार्टीको औपचारिक घोषणा गरेका छन् । लोकतान्त्रिक फोरम छोढका भण्डारी सहित अन्य नेताहरुको समूहले उक्त पार्टी निर्माण गरेको हो । दुई दिने राष्ट्रिय राजनीतिक सम्मेलनपछि भण्डारीले पत्रकार सम्मेलन मार्फत पार्टीको नाम, झण्डा र विधान सार्वजनिक गरेका हुन् । भण्डारीको अध्यक्षतामा तत्काललाई १६ सदस्यीय तदर्थ समिति पनि घोषणा गरिएको छ । समितिको सदस्यमा प्रमोदपसाद गुप्ता, निलम बर्मा, रामानन्द मण्डल, कौशल कुमार यादव, ओमप्रकाश यादव, जयप्रकाश यादव, लक्ष्मण महतो, जिवछी चौधरी, युसुफ साफी, पारसप्रसाद साह र शशिकान्त मिश्र छन् । केही दिनमा केन्द्रीय समितिले पूर्णता पाउने भण्डारीले पत्रकार सम्मेलनमा बताए । विभेद तथा बिहष्करणमा पारिएका मधेशी, महिला, दलित, मुसलमान, आदिवासी जनजाति पिछडा वर्ग लगायतको राज्यमा पहुँच र सुनिश्चितताका लागि संकल्पका साथ पार्टी अगाडि बढ्ने जनाइएको छ । पार्टीको झण्डा माथि आधा सेतो र आधा हरियो हुनेछ ।
-राज्यसत्ता नेपाल व्युरो
