अधिनायकवाद लाद्न खोजे पूर्वराजाको हालत-लेखी

Read Time:3 Minute, 1 Second

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले प्रमुख राजनैतिक दलका शिर्षनेताका कारण जातीय पहिचान सहितको संघीयताको संविधान जारी हुन नसकेको बताएका छन् । राष्ट्रपतिले अधिनायकवाद लाद्न खोजे आदिवासी जनजातिले पूर्वराजाको अवस्थामा पुर्‍याउने अध्यक्ष लेखीले चेतावनी दिए । सवै भेदभाव विरुद्ध संयुक्त मञ्च रुपन्देहीद्वारा बुटवलमा आयोजित जातीय पहिचान सहितको संघीयता र वर्तमान राजनैतिक परिवेश विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्दै लेखीले उक्त कुरा बताएका हुन ।

सोही अवसरमा बोल्दै भाषा, संस्कार र संस्कृतिको आन्दोलनले आदिवासी जनजातिको अधिकार प्राप्त नहुने हँुदा वैचारिक मञ्च तयार गरी अगाड बढ्नु पर्नेमा जोड दिए । अध्यक्ष लेखीले नेपाली जनताको हक, अधिकार सुनिश्चित गर्ने संविधान सभालाई हत्या गर्ने राजनैतिक दलका नेताहरुलाई सामाजिक वहिष्कार गर्नु पर्ने धारण राखे ।

नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होमबहादुर गलामीको अध्यक्षता, ज्ञानेन्द्र पुनको स्वागत र जुनु गौचनको संचालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, नेपाल मगर संघका जिल्ला अध्यक्ष दलबहादुर  विरकट्टा, तमु ह्युल छोंज धीका अध्यक्ष चन्द्र गुरुङ्ग, थकाली सेवा समितिका अध्यक्ष शिवप्रसाद शेरचन, तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष विर बहादुर लामा, छन्त्याल संघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्याल, नेवाः पुचः का जिल्ला अध्यक्ष अरुणलाल श्रेष्ठ, आदिवासी महिला महासंघका होमाया गुरुङ्ग लगायतले बोल्दै संघीयता पक्षधर र संघीयता विरोधीहरुको पहिचान गरी आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न बैचारिक रुपमा एक जुट भएर अगाडि पर्नेमा जोड दिएका थिए  । कार्यक्रममा रुपन्देहीका आदिवासी जनजाति अगुवाहरुको सहभागिता रहेको थियो ।

गोविन्द घर्ति, रुपन्देही 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %