राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव र्सूयवंशीले ०६९ जेठ १४ सम्म संविधान सभामा प्राप्त उपलव्धीलाई जोगाउदै संघीयता पक्षधरहरु एक ठाउँमा गोलवन्द हुनुपर्ने अवस्था आएको बताए । जनमुक्तिको कपिलवस्तुको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव र्सूयवंशीले उक्त कुरा बताएका हुन ।
राजमुपा जिल्ला अध्यक्ष रामबहादुर रास्कोटीको अध्यक्षतामा भएको भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव र्सूयवंशी र केन्द्रीय सदस्य दलबहादुर विरकट्टाले पार्टी तत्तकालिन कार्यनीतिवारे प्रशिक्षण दिएका थिए ।
जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यद्वय भीमबहादुर राना, लक्ष्मी सारु, लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र रौताहर थारु लगायतले मन्तब्य व्यक्त गरेका थिए । रामबहादुर दलार्मीले पार्टीले संचालन गर्न लागेको ४ महिने राष्ट्रिय जनजागरण अभियानलाई कपिलवस्तुमा पूर्णरुपले सफल पार्न जिल्लाका सम्पूर्ण कार्यकर्ता तथा सदस्यहरु लागि पर्ने बताए । सहसचिव यमबहादुर दर्लामीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति, रुपन्देही
