नयाँ माओवादी जन्मियो । प्रमुखमा प्युठानका पोख्रेल

Read Time:3 Minute, 54 Second

राज्यसत्ता टिम, काठमाडौं
ए नेकपा माओवादी अव दुई चिरा बनेको छ । नेकपा माओवादीका मोहन बैद्य खेमाले असार २ गते काठमाडौंमा आयोजना गरेको बेला पछि आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत् पार्टी फुटेको र नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी, माओवादी रहेको जानकारी दिएका छन् ।
 जनविद्रोह पार्टीका मुख्य लाइन भएको र अहिलेको अवस्थामा जनविद्रोह आवश्यकता परेकाले नयाँ पार्टीको औचित्यता परेको पनि उनले सो अवसरमा औल्याए । अव प्रचण्डको नेतृत्व गरेको माओवादी पार्टीमा आफूहरु विलिन नहुने र क्रान्तिकारी र तेस्रो धारको पार्टी अहिले खोलिएको माओवादी हुने उनले बताए । पत्रकार सम्मेलनमा  अवसरवादीहरुसंग साँठगाँठ नगर्ने र उनीहरु विरुद्ध नयाँ क्रान्ति सुरु गर्ने पनि बताए ।

गणतन्त्र र संघीयता पक्षधरसंग मोर्चा बन्दी गरेर आगामि दिनमा हिड्ने पनि उनले बताए । पार्टीले आचार संहिता बनाएर आचार संहिता पालन गर्ने पार्टीलाई सुद्धिकरण गरि नयाँ क्रान्तिकारी पार्टी बनाउने पनि बताए । नव गठित माओवादी पार्टीका अध्यक्ष मोहन वैद्यले ठूला दल असक्षम भएको आरोप लगाउँदै संविधानसभाको निर्वाचन र संविधानसभाको पुनःस्थापनामा विश्वास नराख्ने त्यसबाट देशले निकास पनि नपाउने हुँदा अबको पार्टीको कार्यनीति गोलमेच सम्मेलन भएको र त्यसबाट मात्र देशले निकास पाउने कुरा बताए । गोलमेच सम्मेलबाट जनसंविधान बनाउने बाटो खुल्ने पनि उनले बताए ।
अव राज्यसत्तासंगको सम्वन्धमा पार्टी नहने र नयाँ सत्ता निर्माण गर्न लाग्ने बताए । घुमाउँरो पाराले पहिलेको जनसरकार लगायत स्थानिय तहको सरकारलाई पार्टीले फेरि स्थापित गर्ने संकेत पनि उनले दिए । संसद्वादबाट जनताको समस्या हल नहुने हुदा आफूहरु निर्वाचन कार्यालयमा दल दर्ता गर्न पनि नजाने कुरा बताए । संसद्वादको विरुद्ध सधै उभिने उनले स्पष्ट पारे । आवश्यक परेको बेला जनयुद्ध र जनविद्रोहमा जाने पनि उनले सो अवसरमा खुलाए ।
संविधानसभा विघटन हुनुमा देशी र विदेशी तत्वको हात रहनुका साथै कम्युनिष्टहरु सत्ता लिस्सा र ठूला पार्टीको निरंकुश चरित्र मुख्य दोषी रहेको बताए । कांग्रेस र एमालेसंग माओवादी विगतमा घाँटी जोडेर पहिचान विनाको ११ प्रदेशमा सम्झौता गरेको त्यो जनताका लागि धोका भएको उनले बताए । पार्टीले आगामी  १ माघमा महाधिवेशन गर्ने जनाएको छ ।
प्युठानका पोख्रेल थरका मोहन बैद्य नै पार्टीका प्रमुख बनेकाछन् । पत्रकार सम्मेलनमा महासचिव रामबहादुर थापाले यसअघि जस्तै  विज्ञप्ती बाचन गरेका थिए । सचिव सिपी गजुरेलले भेलाले गरेको निर्णय सार्वजनिक गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %