लिम्बुवानको भेडेटारमा परिषदको बृहत् बैठक हुँदैः

Read Time:3 Minute, 27 Second

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद केन्द्रीय कार्य समितिको बृहत् बैठक यही २०६९ जेष्ठ ३० र ३१ गते लिम्बुवान धनकुटाको भेडेटारमा हुने भएको छ  । 

परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा सो बैठकबारे जानकारी गराउन जेठ २९ गते जारी गरिएको एक प्रेस विज्ञप्तिअनुसार देशको राजनैतिक गाम्भर्ीयतालाई मध्यनजर गरेर उक्त मिटिङलाई ‘बृहत मिटिङ’ को स्वरुप दिइएको हो । 

लिम्बुवानको सो बृहत् बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय पार्षहरू, जिल्ला र उपत्यका समितिका अध्यक्ष, उपाध्यक्ष, सचिवहरू; सबै भातृसङ्गठनका केन्द्रीय पदाधिकारीहरू, एलभी केन्द्रीय कमाण्डका कमाण्डरहरू, स्वायत्त परिषदका पदाधिकारीहरू, विदेशस्थित् समितिका प्रतिनिधिहरू र आमन्त्रित व्यक्तित्वहरूको समेत सहभागिता हुने जनाइएको छ । 

परिषदको बृहत् बैठकमा निम्न बिषयहरूमा छलफल हुने जनाइएको छ:

१.  संविधानसभाको ४ वर्ष अवधिमा अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानको मागहरूलाई संवैधानिक रुपमा संस्थागत गर्न नेपालमा नै सबैभन्दा सक्रियरुपले आन्दोलित भएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सम्पन्न गरेको कार्यक्रमहरूको समीक्षा गर्ने । 

२.  संविधान सभा बिगठन गर्ने मुख्य खलपात्रहरू एमाले र कांग्रेस र अन्य खलनायकहरू एमाओवादी, सभाध्यक्ष, सत्तालिप्सामा डुबेका मधेसी मोर्चाहरूको कुकृत्यबारे भण्डाफोर अभियान चलाउने बारे ।

३.  संविधान सभाको बिघठनपछि देशमा भइरहेको पहिचानवादी र पहिचान बिरोधिहरूको तीब्र ध्रुबीकरणमा पहिचानवादीहरूको पक्षमा मञ्च र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले खेल्नसक्ने सकारात्मक भूमिकाबारे ।

४.  विशेषतः एकात्मक पार्टीमा रहेर पनि लिम्बुवानको लागि निस्वार्थ आन्दोलनरत् व्यक्तित्वहरूलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य   परिषदको ढोका खुला रहेको बारे ।

५.  संविधान सभाको ताजा चुनावको लागि युद्धस्तरमा तयारी गर्नेबारे ।

६.  सङ्क्रमणकाल लम्ब्याएर लिम्बुवानलाई थकाउने एकात्मकवादीहरूको षडयन्त्रलाई परास्त गर्ने रणनीतिबारे ।

७.  परिषदभित्रकै केही पदीय जिम्मेवारीहरू तोक्नेबारे ।

 डीबी आङ्बुङ लिम्बू, लिम्बुवान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %