पोखरा, जेठ २८
एकिकृत नेकपा माओवादीका नेता देव गुरुङले अबको राष्टिय सहमतिको सरकारको नेतृत्व आदिवासी जनजातिले गर्नुपर्ने बताएकाछन् । शनिवार पोखरामा तमु संचारकर्मी संघको दोस्रो महाधिवेशन उद्घाटन कार्यक्रममा नेता गुरुङ्गले सरकाले घोषणा गरेको चुनाव असंवैधानिक भएको दावी गरे । उनले भने “ आन्तरिम संविधानमा, अर्को चुनावमा जाने भनेर व्यवस्था नै नभएको अवस्थामा वर्तमान सरकारले असंवैधानिक तरिकाले चुनाव घोषणा गर्यो ” । नेपाली कांगे्रसका नेता इन्द्रबहादुर गुरुङले आदीवासी जनजाति नेताहरुले पार्टी भित्रै बसेर संघर्ष गर्ने बताए । उनले आप्mनो पार्टीले आदिवासी जनजातिको मुद्धालाई ख्याल नगरे पार्टी छोड्न पनि सकिने दोहो¥याए ।
कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले पार्टीगत पत्रकारीता नगर्न संचारकर्मीलाई आग्रह गरे । पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले संचारकर्मीले आफ्नो जिम्वेवारी र कर्तव्यलाई मनन गर्ने हो भने, कुटपिटका घटना व्यहोनु नपर्ने बताए । तमु संचारकर्मीले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने तीन संचारकर्मीलाई पनि सम्मान गरेको छ । नेपाल पत्रकार महासंघका केन्दि«य सदस्य खिम घले, नेपाल टेलिभिजनका वरिष्ठ निर्माता रीता गुरुङ्ग र रेडियो देवदह वुटवलका पत्रकार भिम गुरुङ्गलाई सम्मान गरेको हो ।
अधिवेशनको उद्घाटन सत्र संघका अध्यक्ष गणेशमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।
