चर्को दवावपछि सरकारले आदिवासी जनजाति आन्दोलनका महान योद्धा धनबहादुर थनेत थारुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा २५ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निर्णय २४ जेठमा भएको थियो ।
पहिचान सहितको संघीयताको माग गर्दै आन्दोलनमा होमिएका बेला थनेतलाई २७ बैशाखमा नवलपरासीको डन्डामा सरकारका कायर भरौटेहरुले निर्ममता पूर्वक गोली प्रहारका गरेका थिए । नवलपरासी कुमारवर्ती ७ का थनेतका संघीयतावादी आन्दोलनका महान योद्धा हुन ।
तिलिसरा राना गाहा
