महासंघको झण्डा आधा झुकाउने

Read Time:2 Minute, 8 Second

 

नवलपरासीमा प्रहरीको गोली लागेर घाईते हुनु भई उपचारका लागि टिचिङ हस्पिटलमा हुनु भएका आदिवासी जनजाति एवं थारु आन्दोलनका महान योद्धा धनवहादुर थनेत हिजो जेठ २३ गते राती दिवंगत हुनभएकोछ । वहाँप्रति हार्दिक श्रदान्जली अर्पण गर्न आज जेठ २४ गते विहान ९ बजे सबै मित्रहरु टिचिङ हस्पिटल महराजगञ्जमा पुग्नुहुन अनुरोध गर्दछु । आदिवासी जनजाति एवं थारु आन्दोलनका महान योद्धा धनवहादुर थनेतको असमायिक निधनले हामीलाई स्तव्ध र दुःखी तुल्याएकोछ । नेपाल आदिवासी जनजाति महासंघ वहाँको दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समावेदन व्यक्त गर्दछ । आदिवास िजनजातिको पहिचान र अधिकार स्थापित गर्ने आन्दोलनको क्रममा शहदात प्राप्त गर्नु भएको धनवहादुर थनेतलाई नेपाल सरकारले तत्काल शहिद घोषणा गर्न, वहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न र परिवारलाई शिक्षा तथा रोजगारीको व्यवस्था गर्न जोडदार माग गर्दछौ । साथै जेठ २४ गते सबै जिल्लामा नेपाल आदिवासी जनजाति महासंघको झण्डा आधा झुकाउने, महासंघको कार्यालय बन्द गर्ने, प्रेस विज्ञप्ति जारी गर्ने, शोक पुस्तिका राख्ने र शोकसभा आयेजना गर्न सबै आदिवासी जनजातिका संघसंस्थाहरु, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद र गाउँ समन्वय परिषदलाई अनुरोध गर्दछ ।

आङ काजी शेर्पा किसान

महासचिव नेपाल आदिवासी जनजाति महासंघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %