नेपालका जनजातिलाई नफाप्ने ‘कालो’ महिना

Read Time:1 Minute, 10 Second

राज्यसत्ता ब्यूरो
आदिवासी जनजाति, मधेसी, दलित, महिला र उपेक्षितहरुका निम्ति जेठ १४ लाई कालो दिनको रुपमा हेरिनुपर्ने बताउन थालिएकोछ । एमालेका पोलिटब्यूरो सदस्य तथा लिम्बुवान संघर्ष समितिका संयोजक विजय सुब्बाले राजधानीमा यस्तो प्रसंग उप्काएर यो दिनको गम्भीरतालाई विर्सन नहुने सम्झाए ।
ठूला दलका साम्प्रदायिक नेताहरुका कारण संविधानसभा मारिएको उनको भनाई थियो । नेताहरुले धोका दिएकोले अब त्यो दलमा बस्न सक्ने अवस्थै नरहेको उनको भनाई थियो ।
सर्वाेच्च अदालतले नेवारी र मैथिली भाषालाई कामकाजी भाषाको हैसियतबाट हटाएपछि जेठ १८ लाई जनजाति र मधेसीहरुले कालो दिवसको रुपमा मनाउँदै आइरहेकाछन् । संयोग कस्तो परेकोछ भने यो नयाँ कालो दिन पनि जेठमै परेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %