आफ्नो जातीय स्वार्थका कारण आफ्ना नेताहरुले संविधानसभाबाट संविधान जारी नगरिकनै मार्न उद्दत रहेको भन्दै सत्तोसराप गरिरहेकाछन् । उनीहरु संविधानसभा परिसरभित्रै यस्तो आरोप लगाईरहेकाछन् ।
विभिन्न दलका सभासदहरु यतिखेर आफ्ना नेताहरुका कारण संविधान बनाउन नसकेको जस आफुहरुले बोक्न बाध्य हुनु परेको भन्दै चिन्तित देखिन्छन् ।
संविधानसभाको म्याद अब केहि घण्टा मात्र बाँकी छ । त्यसो त रातारत सहमति गर्न खप्पिस नेताहरुले केहि गर्छन् कि भन्ने आशमा कुर्नेहरु पनि छन् । तर मूलत माओवादी, मधेसीको गठबन्धनले जातीय स्वायत्तताको मुद्दा समातेको र एमाले र नेकाले बहुपहिचानको आधारलाई समातेर बहस गरिरहेकोले दलहरुबीच सहमति हुन नसकेको हो ।
‘चार दलका ठूला नेताले संविधानसभा मारे’ – सभासदहरु
Read Time:1 Minute, 6 Second
