पोखरामा जनजातिको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप

Read Time:1 Minute, 12 Second

पोखराको जिरोकिलोमिटरमा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आफ्नो अधिकारका लागि शान्तिपुर्ण आन्दोलनमा उत्रेकाहरुले प्रहरीले जथाभावी लाठीचार्ज गर्दा नेपाल तमू विद्यार्थी छोंज धिँका केन्द्रिय महासचिव लालबहादुर तमू र कास्की जिल्ला महिला विभाग प्रमुख आशा तमू घाईते भएका छन । उनीहरु दुवै जनाको टाउँकोमा गम्भीर चोट लागेको छ । घाईतेहरुलाई अहिले उपचारको लागि पश्मिााचल क्षेत्रिय अस्पताल र चरक हस्पिटलमा लगिएको छ ।

 प्रहरीले दमन गर्दा आमाको काखमा बसि रहेकी ८ महिनाको बच्चा पुजा पुरी घाईते भएको छ । घाईते बालिका पूजाको टाउँकोमा दुईवटा टाँगा लगाइएको छ । उनको अहिले मेट्रोसिटी हस्पिटलमा उपचार भईरहेको छ । घटनाको बारेमा विस्तृत जानाकारी आउन बाँकी रहेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %