जातीय पहिचान सहितको प्रदेश माग गर्नेहरुको ठाडो विरोध गर्दै आएका पत्रकारहरु आफैले राज्य माग गर्दै हिँड्न थालेका कछन् । पत्रकारले राज्य माग गर्दै आन्दोलनमा उत्रेपछि चौतर्फि आलोचना भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष भगवान भण्डारी तथा कार्य समितिकै केही सदस्य लुम्बिनी प्रदेशको माग गर्दै आन्दोलनमा लागेपछि यसको सर्वत्र बिरोध भएको हो ।
बृहत लुम्बिनी प्रदेशको माग गर्दै, ‘बृहत लुम्बिनी प्रादेशिक मच पाल्पा’ अध्यक्ष भण्डारीको नेतृत्वमा गठन भएको छ । समितिमा अन्य केही संचारकर्मीलाई समेत समावेश गरिएको छ । जिल्लाको पुर्व रामपुरमा समेत कालीगण्डकी प्रदेश माग गर्नका लागि नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि छवि खनाल संयोजक रहेको समिति गठन भएको छ । पत्रकार जस्तो स्वतन्त्र निकायका व्यक्ति यसरी राज्य माग गर्दै आन्दोलनमा उत्रन नहुने राजनीतिक दल नागरिक समाज बृुद्धिजीवी विभिन्न जातीय संघसंठन संघसंस्थाले समेत तिब्र आलोचना गरेका छन् ।
उनीहरुले निष्पक्ष रुपमा समाचार संकलन गर्ने पत्रकार यसरी राज्य माग्दै हिड्नु दुर्भाग्य भएको समेत बताएका छन् । ‘पत्रकार नै राज्य माग गर्दै हिड्नु दुर्भाग्य हो’ अधिवक्ता लालकुमारी रानाले भनिन्, ‘यसले स्वतन्त्र पत्रकारितालाई विकृत बनाउँछ ।’ उनले पत्रकारले राज्य माग गर्दै हिड्नु पत्रकारिताको आचारसंहिताले दिन्छ कि दिदैन त्यो आफै विचार गर्नुपर्ने बताईन् ।
महासंघका अध्यक्ष भण्डारीले आदिवासी जनजाति महासंघ संयूक्त संघर्ष समितिले आमहड्ताल गरेका बेला बृहत लुम्बिनी प्रदेशबारे जर्बजस्त अन्तकिर््रया कार्यक्रम गर्न खोजेको जनजाति नेता गमबहादुर थापाले बताए । उनले भण्डारीलाई पत्रकार भएकाले यस्तो कार्यक्रम नगर्न सल्लाह दिइएको बताए ।
मचमा शाखा अध्यक्ष भण्डारी महासंघकै सल्लाहकार झपेन्द्र गहिरे गाविस महासंघका अध्यक्ष दामोदर घिमिरे महासंघ कार्यसमिति सदस्य गुरास आत्रेय र सन्तोष बस्याल पत्रकार किरण कौशल श्रीनगर टेलिभिजनका संचालक महेश शाक्य रहेका छन् । मचको पाल्पा इन्चार्ज एवम् केन्द्रीय सदस्य लेखक तथा एमाले नेता झपेन्द्र जीसी र प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मालाई सल्लाहाकारमा राखिएको छ ।
गठित मचका सदस्य गैरेले भने आफुलाई जानकारी नै नदिई समितिमा राखेकोमा आपत्ति जनाए् । यस्तै अर्का सदस्य बस्यालले समितिमा नराख्न आग्रह गर्दागर्दै मनोमानी ढं्रगले राखिएकोमा बिरोध जनाए । माओवादी जिल्ला सचिव नेत्रप्रसाद पाण्डेयले स्वतन्त्र पत्रकारिताका वकालत गर्नुपर्ने व्यक्तिले नै राज्य माग गर्दै हिड्नु पत्रकारिताको मुल्य र मान्यता विपरित हुने बताए ।
चौतर्फि आलोचनाका बिषयमा अध्यक्ष भण्डारीले राजनीतिक दलले केही गर्न नसकेकाले पत्रकारिता क्षेत्र जुर्मुराउनु परेको बताए । ‘यो समयको माग हो’ भण्डारीले भने ु’णतन्त्र ल्याउन पनि जनताले नै आन्दोलन सुरु गरेका हुन् ।’ महासंघ पाल्पा शाखाका सचिव रेखीराम रानाले भने स्वतन्त्र नागरिकको भूमिका निर्वाह गर्ने पत्रकारले यसरी राज्य माग गर्दै हिड्न नहुने प्रतिकि्रया दिए । ‘ यस्ता केही पत्रकारको व्यवहारले पत्रकारितालाई नै असुरक्षित र अमर्यादित बनाउँछु सचिव रानाले भने ुसमितिमा बस्ने सबै पत्रकारले आफ्नो तर्फबाट सोच्नुपर्ने हो ।’
देव पचभैया,पाल्पा
