बन्दको दोस्रो दिन पनि हजारौं युवाहरु सडकमा

Read Time:4 Minute, 21 Second

पहिचान सहितको संघिय राज्यको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिले आयोजना गरेको नेपाल बन्दको दोस्रो दिन पनि देशैभरीको जनजिवन प्रभावित भएको छ । बन्दको प्रभाव तमूवानको राजधानी पोखरामा पनि पुर्ण रुपले परेको छ । पोखरामा बजार पसल शैक्षिक संस्था कलकारखाना ठप्प रहेका छन । जेठ ८ गते विहानैदेखि पोखराको मुख्य मुख्य चोकहरु भिमसेनचोक, चिप्लेढुङ्गा, बगर, छोरेपाटन लखनचोक, विरौट, सिर्जनाचोक, रामबजार, बुद्धचोक, अमरिसंहचोक, औद्योगिक क्षेत्र, बाझपाटन लगायतका क्षेत्रमा तमूवान युथ भोलिन्टियस्रको वडा संयोजकहरुको नेतृत्वमा हजारौको संङख्यमा युवाहरु परिचालित भएका छन् ।  

हिजो बन्दको क्रममा ठाउँ ठाउँमा प्रहरी र बन्द कर्ताबीच झडप भए पनि आज भने यो समाचार तयार पार्दसम्म पोखरामा कुनै खालको अपि्रय घटना भने नघटेको आयोजकले बताएको छ । पोखराको छोरेपाटनमा आज पनि विहानैदेखि बन्दकर्ताहरुले जितबहादुर गुरुङको नेतृत्वमा गुप्तेश्वर गुफा वरपरको क्षेत्रमा सरसफाई गरेको छ । यस्तै बन्द कर्ताले आज विहान दुई वटा पसलसमा बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेका छन । हिजो साँझ पोखराको के आई सिहं पुलमा प्रहरी र बन्दकर्ताबीच झडप भए पछि प्रहरीले स्थानिय बासीको घर घरमा खोजतलास गरि खाना खाई रहेको अवस्थमा केहि स्थानियहरुलाई कुटपिट एवं दुरव्यवहार गरेको स्थानियबासीले बताएका छन ।
 
यता पोखरको औद्योगिक क्षेत्रमा भने कलकार बुद्धिमान दुरको नेतृत्वमा गुरुङ फिल्म एशोसियशन नेपालसँग आबद्ध कलकारहरुले सडकमै नाचगान गरि नेपाल बन्द सफल पारि रहेका छन । यस्तै याङ्जाकोट तमू समाजको नेतृत्वमा माटेपानी पोखराबाट छयाँडू नाँच सहितको वृहत नारा जुलुस निकालेका छन । उता स्याङ्जाको फेदीखोलामा तमूवान युथ भोलिन्टियस्रका संयोजक सुनिल तमूको नेतृत्वमा फेदीखोला क्षेत्रमा व्यापक मात्रमा सरसफाई कार्यक्रम गरिएको छ । यस्तै बन्दको क्रममा आज विहान पोखराको रामकृष्णटोलमा केहि स्थानिय युवाहरुले आन्दोलनकारीलाई धम्की दिए पछि त्यसको प्रतिकारमा आन्दोलनकारी उत्रिदा केहिबेर त्यस क्षेत्रमा तनाब सिर्जना भएको थियो ।

यसैबीच रिपोर्टस क्लबमा अतिथि वक्तको रुपमा पुग्नु भएका नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा माथि आफनो धारण राख्ने क्रममा केहि साचार माध्यमसँग आबद्ध पत्रकारहरुले गरेको दुरव्यवहारको आदिवासी जनजाति महासंघ कास्की र तमूवान संघर्ष समितिले विज्ञाप्ती जारी गरि घटनाको निन्दा गरेको छ । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले निमन्त्रण गरि सुनियोजित पुर्वक दुरव्यवहार गरेको तथा न्यूज २४ का पत्रकार खिला कार्की र अर्को एक जना पत्रकारले चरित्र हात्य गर्ने किसिमबाट होहल्ला गरि आक्रमणको प्रयास गरेको भन्दै महासंघका अध्यक्ष पानबहादुर घतार्ी र संर्घष समितिका संयोजक देवीराज तमूले आपत्ति जनाएका हुन ।

रोशनी गुरुङ, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %