प्रेस विज्ञप्ति
मिति: ७ जेठ २०६९
आजदेखि सुरु भएको नेपाल बन्दको क्रममा बिहानैदेखि देशभर यातायात, कलकारखाना, बजार तथा शिक्षण संस्थाहरु ठप्प भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका विभिन्न जिल्ला समन्वय परिषद्हरुले गराएको जानकारिअनुसार बिहानैदेखि आदिवासी जनजाति महासंघको झण्डा र ब्यानरसहित बन्दको समर्थनमा जुलुस प्रदर्शन भइरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघसहितको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आव्हानमा भएको नेपाल बन्दको समानान्तररुपमा आदिवासी जनजाति महासंघसहितको सहकार्यमा थारु संयुक्त संघर्ष समितिले थरुहट तराई बन्द पनि जारि राखेको छ ।
बन्दको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा ओलिएका नेपाल आदिवासी जनजाति महासंघ तथा यससंग सम्बद्ध संस्थाका कार्यकर्ता तथा बन्द समर्थक जनतालाई आज गिरफ्तार गर्ने, यातना दिने काम प्रहरी प्रशासनले गर्न थालेको छ भने हिजो साँझ देशब्यापी मसाल जुलसमा पनि प्रहरीले हस्तक्षेप गरि दर्जनौंलाई घाइते बनाएको छ । सुनसरीको धरानमा हिजो साँझको मसाल जुलसमा भएको प्रहरी दमनमा दर्जनौं घाइते भएका छन् ।
नेपाल बन्दको दौरानमा अहिले देशब्यापीरुपमा जनप्रदर्शन भइरहेको छ र यस क्रममा प्रहरीले काठमाडौंमा एकसयभन्दा धेरैजनाले बिहानै गिरफ्तार गरिसकेको छ । बिहान नवलपरासीको बासाबसहीमा प्रहरीसँग भएको झडपमा केही आन्दोलनकारि साथीहरु घाइते हुनुभएको छ भने सिराहाको वसहीमा पनि झडप भएको जानकारि प्राप्त भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ प्रहरी दमन र गिरफ्तारिको घोर भ्रत्सर्ना गर्दै पहिचानसहितको नयाँ संविधान निर्माणकालागि आन्दोलनको मैदानमा उत्रिन सम्पूर्ण नेपाली जनतामा हार्दिक अपिल गर्दछ ।
नोट: नेपाल बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार अनुगमन टोली, मलामी, जन्ती, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी पसल, औषधीको गाडी र सुरक्षा निकायका गाडीहरुलाई अवरोध नगर्न पनि हार्दिक अनुरोध गरिन्छ ।
राजकुमार लेखी थारु
९८४१४३७४००
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय
