जातीय पहिचान सहित संघीय प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आव्हान गरेको तीनदिने नेपाल वन्द सफल पार्न पोखरामा मसाल जुलुस सिटी र मोटरसाइकल र्याली सम्पन्न भएको छ । पोखराको नयाँबजारस्थित तमु धिँको प्रांगणबाट निस्केको तमुवान भोलिन्टियस्रको मोटरसाइकल सहित सिटी जुलुस लखनचोक सभागृहचोक न्युरोड विपीचोक चिप्लेढुंगाहुदै भिमसेनचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा तमुवान भोलिन्टियस्रका संयोजक कृष्णकुमार तमु नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर भुजेल, तमुवान भोलिन्टियस्रका सचिवालय सदस्य फरेन्द्र थापा मगरले आदिवासी जनजातिको पहिचान सहितको तमुवान प्रदेश घोषणा गर्नुपर्ने राजनितिक दलका नेताहरुले गरेको असंवैधानिक असान्र्दिक सहमति खारेज गर्ने माग गर्दै तीन दिने नेपाल बन्द सफल पार्न आग्रह गरेका थिए ।
उक्त युवा कोणसभा लगत्तै बगर सितलादेवि लखनचोक बुद्धचोकबाट नारा जुलुस सहितको र्याली भिमसेन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । सभामा तमुवान संघर्ष समिति कास्कीका अध्यक्ष देवीराज तमु, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, तमुवान भोलिन्टियस्रका संयोजक कृष्णकुमार तमु लगायतले पहिचानको आन्दोलनमा संपुर्ण उत्पिडित समुदायलाई एकतावद्ध हुन आग्रह गरेका थिए ।
र्यालीमा सहभागीहरुले जेठ ७ ८ र ९ गतेको ‘आम हडताल सफल पारौं,’ ‘स्वायत्त तमुवान प्रदेश जिन्दावाद’, ‘जातिय पहिचान सुनिश्चित गर’ ‘गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गर’ ‘जेठ १४ गते संविधान जारी गर’ ‘संघीयता विरोधी होसियार’ ‘पहिचान मेट्न पाइदैन, अधिकार विनाको संविधान चाहिदैन’, ‘१४ प्रदेश घोषणा गर तमुवान प्रदेश सुनिश्चित गर’, ‘दलका नेताहरुको आदिवासी विरोधी सहमति मान्दैनौ’ ‘संविधानसभा अपांग हुने गरिएको सहमति खारेज गर’ लगायतका नारा लगाएका थिए ।
हुम तमु, पोखरा
