चित्रबहादुर केसी ‘ढँटुवा’ रैछन्

Read Time:1 Minute, 42 Second

न्वारानदेखिको बल लगाएर जनजाति, दलित र मधेशीलाई अधिकार दिनुहुँदैन भन्दै हिँडेका जनमोर्चाका चित्रबहादुर केसी ढँटुवा पनि भएको प्रमाणित भएको छ । केसीले गत वैशाख २१  गते आफूले १५ दिन भित्र मार्ने चेतावनी आएको बताएका थिए । सुरेश यादव भन्ने व्यक्तिले आफूलाई मार्ने धम्की दिएको उनको दाबी अहिले आएर असत्य सिद्ध भएको छ ।

केसीले आफूलाई १५ दिन भित्र मार्ने भनेकामा १७ दिन भईसक्दा पनि उनलाई केही भएको छैन । उनी जतिसुकै जनविरोधी विचारधाराका भएपनि भौतिक रुपमा क्षति पुर् याउनु पर्छ भन्ने हाम्रो चाहना अवश्य होइन । तर केसीकै शब्दमा सरकारले सुरक्षा पनि नदिएको र उनले जनताको भावना विपरीत संघीयताको विरोध गर्न पनि नछाडेको अवस्थामा किन केही भएन त भन्ने प्रश्न महत्वपूर्ण हो । वास्तवमा केसीले चर्चा पाउनका लागि आफै हल्ला मच्चाएकोमा कुनै विमती रहेन । किनभने उनले यसभन्दा पहिला पनि आफूलाई मार्न लागेको झुठो  प्रचार गरेर जनताको सहानुभूति लिने प्रयास गरेका थिए ।

आफूलाई मार्न लागेको भनेर चलाइएको हल्ला दुई पटक असफल भईसकेपछि केसीले कस्तो हल्ला चलाउँछन् त्यो भने हेर्न बाँकी छ ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %