माओवादी लडाईकालको सकेट बम फेला

Read Time:1 Minute, 56 Second

रुपन्देहीको देवदह ७ घोडाहाको प्रगती सामुदायिक वन क्षेत्रमा ४ वटा सकेट वम फेला परेको छ । राजमार्गदेखि करिव १ किलोमिटर उत्तरतर्फ स्थानीयवासीहरुले जंगलमा दाउरा काट्न जाने क्रममा बम फेला पारेको  हो ।

सकेट बमलाई २२ नंम्वर वाहिनी बुटवलका क्याप्टेन मनोज रानामगरको नेतृत्वमा आएको टोलीले निष्क्रिय गराएका थिए  । बम माओवादी द्धन्द्धकालमा छाडिएको हुन सक्ने क्याप्टेन रानामगरले बताए । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी सहायक निरीक्षक कुलबहादुर घर्ति रोहवरमा देवदह क्षेत्रका सामुदायिक वन भित्र थुप्रै विष्फोटक पर्दाथहरु भेटिने भएकाले वनमा घास दाउरा गर्न जानेहरु सचेत हुनु पर्नेमा  प्रगति सामुदायिक वनका अध्यक्ष डिल्लीराज पन्थले सवै संग आग्रह गर्नु भएको छ ।

विशेष गरी देवदहका वन क्षेत्रमा द्धन्द्धकालमा नेपाली सेना र तत्कालिन माओवादी सेना वीच भिडन्त भएकोले यस क्षेत्रमा प्रसस्त विष्फोटक पदार्थ फेला पर्ने भएकाले सचेत रहन वडा प्रहरी कार्यालय रामनगरका प्रहरी सहायक निरीक्षक कुलबहादुर घर्तिले स्थानीवासीलाई अनुरोध गरेका छन् । गत वर्ष पनि राजमार्ग देखि दक्षिण तर्फ हरियाली सामुदायिक वन क्षेत्रमा रकेट लन्चर बम फेला परेको थियो ।

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %