नेपाली काँग्रेस सभासद् लक्ष्मी परियारले दलित समुदायलाई पनि सरकार र वाहुन क्षेत्रीवीचको कथित सहमतिमा आदिवासी खस आर्य अन्र्तगत राखेकोप्रति कडा आपत्ति जनाएकी छन् । जेठ ६ गते व्यवस्थापिका संसदको वैठकमा बोल्ने क्रममा उनले यस्तो धारणा राखेकी हुन ।
वाहुन क्षेत्रीहरुले आफ्नो स्वार्थका लागि दलितलाई पनि आदिवासीमा सूचिकृत गरेको भन्दै उनले विरोध गरेकी छन् । दलित समुदायको आफ्नै पहिचान भएकाले उनीहरुलाई वाहुन क्षेत्रीसँग मिसाउन नहुने बताइन् ।
एक दिने नेपाल बन्दको भरमा वाबुराम भट्टराईले वाहुन क्षेत्री र दलितलाई आदिवासी घोषणा गरेपछि सर्वत विरोध भएको छ ।
