मगर संघ अमेरिकाको प्रेस बिज्ञप्ती: “मगराँत प्रदेश” नाम माग गर्नु अधिकार भएको दाबी

Read Time:3 Minute, 16 Second

पहिचान र अधिकारको सुनिश्चितताकोलागि “मगराँत प्रदेश” नाम माग गर्नु मगरहरुको अधिकार भएको दाबी
न्यू योर्क- मगर संघ अमेरिकाद्वारा नेपालमा प्रहरीद्वारा मगर संघको झन्डा जलाईएकोप्रति आपत्ति जनाएको छ। साथै मगर जातिको सम्मानजनक पहिचान र अधिकारको सुनिश्चितताकोलागि “मगराँत प्रदेश” नाम माग गर्नु सम्पूर्ण आदिवाशी जनजाति मगरहरुको अधिकार भएको बताएको छ।

   
पढ्नुहोस् संघद्वारा जारी प्रेस बिज्ञप्तीको पूर्ण पाठ:
   
मगर संघ अमेरिका
   
प्रेस बिज्ञप्ति
   
नेपालमा प्रजातन्त्र, नागरिक अधिकार तथा स्थायित्वको लागी बिगतमा गरिएका हरेक आन्दोलनहरुमा मगर जातिले विशिष्ट योगदान पुर्याएको सर्बबिदितै छ । इतिहासको हरेक काल खण्डहरुमा राष्ट्रले माग्दा ज्यानको आहुति दिनपछि नपरेका मगर जाति २४० बर्ष सम्म एकल जातीय शासन पध्दतिबाट सबैभन्दा पिडित, दमित र शोषित भएको कुरा स्पस्ट छ । शहनशिलताको पनि सिमा हुन्छ । २४० बर्षभन्दा बढी समय सबैभन्दा बढी शोषण, दमन र उत्पीडनमा परेका जातिले आफ्नो जात (मगर) को बाहुल्यता (बहुसंख्या) भएको क्षेत्रलाई नेपालको राज्य पु:न संरचना हुँदा मगर जातिको पहिचान खुल्ने गरि मगर जातिको सम्मानजनक पहिचान र अधिकारको सुनिश्चितताकोलागि “मगराँत प्रदेश” नाम माग गर्नु सम्पूर्ण आदिवाशी जनजाति मगरहरुको अधिकार हो ।
   
आदिवाशी जनजातिहरुले नयाँ बन्ने संबिधानमा अधिकार सुनिश्चितताकोलागि बुधबार राजधानी काठमाडौँको रत्नपार्कबाट निकालिएको मसाल जुलुसमा नेपाल सरकारको गृह-प्रशासन वा प्रहरीले धरपकड गरि विश्व भरिका मगरहरुको आस्थाको केन्द्र “नेपाल मगर संघ” को झन्डा खोसी जलाइएकोप्रति हामी विश्व भरी बसोबास गर्ने मगरहरुको ध्यान केन्द्रित भएको छ । सरकारी पक्षबाट निहाथ्ता शान्ति पूर्ण जुलुशमाथि भएको दमन र “नेपाल मगर संघ” को झन्डा जलाउनेसम्म निन्दनीय र निर्दिष्ट कार्यको “मगर संघ अमेरिका” घोर भर्सना गर्दछौं ।
   
आदिवाशी जनजातिहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा धरपकड गरि घाइते बनाइएकाहरुको स्वास्थ्य उपचार र गिरफ्तार गरिएकाहरुको अबिलम्ब रिहाइको हामी जोडदार माग गर्दछौं ।
   
Thursday, May 17, 2012

महेन्द्रकुमार थापा मगर
अध्यक्ष
मगर संघ अमेरिका

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %