नाम विनाको ११ प्रदेशमा दरै समाजले पनि विरोध जनाएका छन् । नेपाल दरै उत्थान समाज र दरै मुक्ति मोर्चा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई १२ बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरुले राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिद्वारा प्रस्तावित १४ प्रदेशलाई मान्यता दिन माग गरेका हुन ।
दरैहरुले आफ्नो प्रदेश पनि माग गरेका हुन ।उनीहरुले दरै जातिका लागि छ वटा विशेष आरक्षण क्षेत्र पनि माग गरेका छन् । सरकारले पहिचान विनाको ११ प्रदेशलाई पाँच दिन भित्र फिर्ता नलिए जेठ १४ गतेबाट आन्दोलन गरिने उनीहरुको चेतावनी छ ।
तिलिसरा राना गाहा
