जनजातिहरु ‘गर कि मर’ को अवस्थामा

Read Time:1 Minute, 0 Second

तीन दलीय सहमतिको नाममा आदिवासी जनजाति दलित र मधेशीलाई अधिकार नदिने गरी प्रदेश निर्माण हुने भएपछि जनजातिहरु आन्दोलित भएका छन् । दलहरुवीच ११ प्रदेशको विषयमा कथित सहमति भएको भोलिपल्ट अर्थात जेठ ३ गते जनजाति संयुक्त संघर्षले राजधानीमा विशाल जुलुस प्रर्दशन गरेको छ ।

काठमाडौं अनामनगरबाट शुरु भएको सिठी जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै जनाजाति नेताहरुले निर्णय फिर्ता नलिए कडा आन्दोलन हुने चेतावनी दिएका छन् । आफूहरु गर की मरको स्थितिमा पुगिसकेको नेताहरुको भनाई छ ।

कार्यक्रममा सुरेश आले मगर, जीपछिरिङ लामा, पासाङ शेर्पा, खगेन्द्र माखिम लगायतले सम्बोधन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %